default_image

3 years ago

November 24, 2022

यसकारण थपिन्छ कतार विश्वकपमा धेरै इन्ज्युरी समय

375 views

0 Bookmark

सुबास हुमागाईं, कतार

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गर्दै विश्वकप इतिहासमै सबैभन्दा आश्चर्य पार्ने नतिजा निकाल्यो । अर्जेन्टिनालाई २-१ ले पराजित गर्दै साउदीले सारा विश्वको ध्यान आफूतर्फ तानेको थियो ।

लुसेल रंगशालामा ८८ हजार दर्शकमाझ भएको खेलको अन्तिम समय भने निकै रोमान्चक थियो । निर्धारित ९० मिनेट समय सकिएपछि फोर्थ अफिसियलले ८ मिनेट समय थपिएको जानकारी दिन बोर्ड उठाए । रेफ्रीले ८ मिनेट समय थपिएको देखाउने बितिक्कै साउदीका समर्थकहरु सिठी बजाएर उक्त निर्णयप्रति असन्तुष्टि जनाउन थाले ।

इन्ज्युरी समय चलिरहँदा साउदीका खेलाडी घाइते भएपछि रेफ्रीले केहीबेर खेल रोक्नुपर्यो । यसबेला भने अर्जेन्टिनाका खेलाडी र समर्थकले रेफ्रीप्रति असन्तुष्टि जनाए । स्लोभेनियाका रेफ्री स्लाभ्को भिन्चिचले आफ्नो घडीतर्फ संकेत गर्दै समय खेर नहुने बताए । साउदीले इन्ज्युरी समयको नवौं मिनेटमा खेलाडी परिवर्तन पनि गर्यो ।

दोस्रो हाफमा ८ मिनेट समय थप गरिएकोमा रेफ्रीले उक्त समय काटेपछि पनि खेल चलाइरहे । साउदीका प्रशिक्षक हर्भ रेनार्ड लगायत बेन्चका खेलाडी टचलाइनमा उभिएर घडी हेर्न संकेत दिइरहेका थिए । सँगसँगै साउदी समर्थकपनि निरन्तर होहल्ला गर्दै समय सकिएको संकेत दिन खोजेका थिए । तर रेफ्री भिन्चिचले १३ मिनेट काटेपछि मात्र अन्तिम व्हिसल फुके ।

इंग्ल्यान्ड र इरानबीच भएको खेलमा रेफ्रीले पहिलो हाफमा १४ मिनेट र दोस्रो हाफमा १० मिनेट थप गरेका थिए । तर रेफ्रीले पहिलो हाफमा १४ मिनेट र दोस्रो हाफमा १३ मिनेट इन्ज्युरी समयको खेल खेलाए । इरानले दोस्रो हाफको इन्ज्युरी समयको १३ औं मिनेटमा गोल समेत फर्काएको थियो ।

यसपटक विश्वकपमा विगतका तुलनामा इन्ज्युरी समयमा धेरै समय थपिएको देखिन्छ । अधिकांश खेलमा त इन्ज्युरी समय थप गरिएको भन्दा बढी समय रेफ्रीले खेलाएका छन् । फिफाले यसपटक खेलमा बल रोकिएको हरेक समयको हिसाब गर्दै इन्ज्युरी समय थपेको छ । खेलमा ढिलासुस्तीका कारण खेर गएको समयलाई इन्ज्युरी समयमा थप्ने निर्णय फिफाले गरेसँगै यसपटक इन्ज्युरी समय धेरै हुन पुगेको हो । अग्रता लिएको टोलीले समय खेर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यो कदम चालिएको फिफाले जनाएको छ ।

विश्वकप सुरु हुनुअघि रेफ्री समितिका अध्यक्ष पिएरलुइजी कोलिनले यसबारे जानकारी पनि दिएका थिए । ‘विश्वकप पृथ्वीकै सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता हो । हामीले रेफ्रीलाई खेलमा कुनै घटना हुँदा खर्चेको समय राम्रो हिसाब गर्न भनेका छौं । गोल गरेपछि खुसियाली मनाउँदा, खेलाडी परिवर्तन गर्दा, खेलाडीलाई चोट लाग्दा, भीएआर हेर्दा लागेको समय हिसाब गर्नुपर्छ,’ उनले भने ।

‘हरेक गोलमा खुसियाली मनाउँदै गर्दा समय खर्च हुन्छ । अब एक हाफमा २-३ गोल हुन्छ भने ४-५ मिनेट थप्नैपर्छ । खेर गएको समयको पनि खेल होस् भन्ने हाम्रो लक्ष्य हो,’ कोलिनाले प्रष्ट पारेका थिए । उनले भनेजस्तै खेलाडीलाई चोट लाग्दा, गोलपछि र खेलाडी परिवर्तन गर्दाको समय रेफ्रीहरुले थप्दै आएका छन् । त्यसैले पनि यसपटक इन्ज्युरी समय धेरै हुँदा खेलमा रोमान्च थपिएको छ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.