default_image

3 years ago

November 24, 2022

एम्बोलोको गोलमा स्विटजरल्यान्डको जित

201 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फरवार्ड ब्रील एम्बोलोको गोलमा स्विटजरल्यान्डले फिफा विश्वकप २०२२ अन्तर्गत समूह एचको खेलमा क्यामरुनलाई पराजित गरेको छ ।

एम्बोलोले खेलको ४८ औं मिनेटमा गरेको गोल नै स्वीस टोलीको जितमा निर्णायक सावित भयो । उनले जेर्डान शाकिरीको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए । शाकिरीले दायाँ विंगबाट दिएको लो क्रसलाई एम्बोलोले ६ यार्ड बक्सको नजिकबाट गोल गरेका थिए ।

त्यसअघि पहिलो हाफमा गोलरक्षक यान सोमरले उत्कृष्ट बचाउ गर्दा खेल गोलरहित बराबरीमा अडेको थियो । सोमरले क्यामरुनका कप्तान एरिक चुपो मोटीङलाई वन भर्सेस वनमा विफल पारेका थिए । पहिलो हाफमा केहि कमजोर देखिएको स्वीस आक्रमणले दोस्रो हाफमा भने लय समातेको थियो । अग्रता लिएपछि स्वीस टोलीले मिडफिल्डमा बल राखेपछि क्यामरुनले धेरै अवसर सिर्जना गर्न पाएन ।

यस जितले स्विटजरल्यान्डको ३ अंक भएको छ । आजै समूह जी को अर्को खेलमा ब्राजिल र सर्बिया भिड्नेछन् ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.