3 years ago
November 26, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा उपाधि दावेदारको रुपमा अर्जेन्टिनाले शनिबार राति दोस्रो खेलमा मेक्सिकोसँग खेल्दैछ ।

खेल राति १२ः४५ बजेपछि हुनेछ । पहिलो खेलमै साउदी अरेबियासँग २–१ को नमिठो हार बेहोरेको अर्जेन्टिनाले शनिबार राति मेक्सिकोको सामना गर्दा त्याे हारलाई बिर्सदै अघिल्लो चरण पुग्ने सम्भावना बलियो पार्न निश्चित जित आवश्यक हुनेछ ।
साउदी अरेबियासँगको हार अर्जेन्टिनाले ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा हार बेहोरेको हो । लियोनेल मेस्सीले पेनाल्टीमार्फत अग्रता दिलाएपनि दोस्रो हाफमा ८ मिनेटको अन्तरमा अर्जेन्टिनाले दुई गोल खाँदै स्तब्ध बन्न पुग्यो ।
साउदी अरेबियासँगको हारसँगै अहिले समर्थकमाझ यही हारलाई लिएर अरबी भाषामा भन्ने गरिएको छ, ‘मेसी कहाँ छन् त ? हामीले उनको आँखा फुटायौं ।’ यो नतिजाले मेस्सीमात्र होइनन्, अर्जेन्टिना पनि चर्को दबाबमा छ । मेक्सिकोसँगको नतिजा आँफु अनुकुल पार्न नसके विश्वकपको समूह चरणबाटै बाहिरिने डर छ । त्यसकारण अर्जेन्टिना मेक्सिकोविरुद्ध जसरी पनि जित निकाल्दै समूह चरण पार गर्ने सम्भावना जीवित पार्न चहान्छ ।
यता, अर्जेन्टिनालाई रोक्न मेक्सिको अर्जेन्टिनी जेरार्डाे मार्टिनोकै प्रशिक्षणमा छ । २०१४ देखि २०१६ सम्म अर्जेन्टिनाको टोली सम्हालेको मार्टिनोले कोपा अमेरिका कपमा उपाधि जिताउन नसकेपछि अर्जेन्टिना छाडेका थिए । अहिले त्यही प्रशिक्षक मार्टिनो अर्जेन्टिनालाई रोक्दै आफ्नो टोली मेक्सिकोलाई नकआउट चरण पु¥याउने योजनामा हुनेछन् ।
समूह ‘सी’ मा पोल्यान्ड र मेक्सिकोको गोलरहित बराबरीले अर्जेन्टिनालाई कहे राहत मिलेको छ । मेक्सिकोविरुद्धको विश्वकपको तीनै भेटमा अर्जेन्टिना विजयी छ । अर्जेन्टिना मेक्सिकोलाई विश्वकपमा लगातार चार हार चखाउन चहान्छ ।
त्यस खेलमा पाँचौं पटक विश्वकप खेलिरहेका मेक्सिकोका गोलरक्षक गुइलेर्माे ओचोआले रोबर्ट लेवान्डोस्कीको पेनाल्टी प्रहारलाई बचाएका थिए । उनी पुनः एकपटक अर्जेन्टिनाविरुद्ध नायक हुन सक्नेछ ।
अर्जेन्टिनाले मेक्सिको विरुद्धको फिफा विश्वकपका आफ्ना अघिल्ला तीनवटा खेलहरू जितेको छ, सबैभन्दा पछिल्लो सन् २०१० मा ३–१ को जित र त्यसअघि सन् १९३० मा ६–४ को जित निकालेको थियो ।
अर्जेन्टिनाले विश्वकपमा ८२ खेल खेल्दा ४३ जित, १५ बराबरी र २४ हारको नतिजा निकालेको छ । यता, मेक्सिकोले ५८ खेल खेल्दा १६ जित, १५ बराबरी र २७ हार बेहोरेको छ ।
अर्जेन्टिना र मेक्सिकोबीच हालसम्म ३५ भेट हुँदा अर्जेन्टिनाले १६ खेलमा जित निकाल्दा १४ खेल बराबरीमा सकिएको छ । ५ खेल मेक्सिकोले आफ्नो पक्षमा पारेके छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]