default_image

3 years ago

November 26, 2022

ट्युनिसियामाथि अष्ट्रेलियाको जित

235 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अष्ट्रेलियाले समूह डी को खेलमा ट्युनिसियालाई पराजित गरेको छ ।

शनिबार अल जनौब रंगशालामा अष्ट्रेलियाले १-० को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । पहिलो खेलमा फ्रान्ससँग अग्रता लिएर पनि‌ हार बेहोरेको अष्ट्रेलियाले ट्युनिसियाविरुद्ध भने सुरुवाती अग्रता जोगाउँदै जित हासिल गरेको हो ।

खेलको २३ अ‍ौं मिनेटमा मिसेल डुकले गरेको गोल नै अष्ट्रेलियाको जितमा निर्णायक सावित भयो । उनले क्रेग गुडविनको क्रस डिफ्लेक्ट भएर आएपछि प्राप्त अवसरमा फ्लिक हेडरमा गोल गरेका थिए ।

अष्ट्रेलियाले कतार विश्वकपमा एसियाली राष्ट्रको सफल सहभागितालाई जारी राखेको छ । यस जितले टोली नकआउट चरण पुग्ने सम्भावना पनि बढेको छ ।

यस समूहमा आजै फ्रान्स र डेनमार्क भिड्नेछन् । फ्रान्स र अष्ट्रेलियाको ३-३ अंक छ । डेनमार्क र ट्युनिसियाले पहिलो खेलमा बराबरी खेल्दै अंक बाँडेका थिए ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.