default_image

3 years ago

November 26, 2022

साउदी पेनाल्टीमा चुक्दा पोल्यान्डको अग्रता कायम

308 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा पोल्यान्डले पहिलो हाफमा साउदी अरेबिया विरुद्ध १-० को अग्रता लिएको छ ।

निकै प्रतिस्पर्धात्क खेलमा साउदीले सुरुवाती समयमा बनाएको दबाबलाई बलियो आक्रमणमा बदल्न सकेन । यता पोल्यान्डले प्राप्त अवसर सदुपयोग गर्दै अग्रता लियो । पोलिस गोलरक्षक वजसिएक सेचेज्नीले पेनाल्टी सहित केहि उत्कृष्ट बचाउ गर्दै पोल्यान्डको अग्रता कायम राखेका छन् ।

खेलको १३ अ‍ौं मिनेटमा साउदीको अग्रतासामु पोल्यान्डका गोलरक्षक वजसिएक सेचेज्नी बाधक बने । मोहमद कानोले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमै गरेको शक्तिशाली प्रहार सेचेज्नीले उत्कृष्ट बचाउ गरे ।

खेलको ४० अ‍ौं मिनेटमा पोल्यान्डले पिटर जिलेन्स्कीको गोलमा अग्रता लियो । रोबर्ट लेवान्डस्कीले पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई जिलेन्स्कीले गोल गरेका थिए । गोलरक्षक बाहिर निस्केको अवस्थामा उनलाई बिट गर्दै जिलेन्स्कीलाई पास दिएका थिए ।

४४ अ‍ौं मिनेटमा साउदीले पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पायो । भिडियो एसिसेन्ट रेफ्रीले अल शेहरीलाई पेनाल्टी क्षेत्र भित्र लडाएको फलमा पेनाल्टी दिएका थिए । तर साउदीका लागि सलेम अल दोसारीले पेनाल्टी चुकाएछि रिबाउन्डमा मोहमद अल्बुरेकले अवसर सदुपयोग गर्न सकेनन् । गोलरक्षक सेचेज्नीले पेनाल्टी विफल पार्दै रिबाउन्डमा आएको प्रहारलाई पनि बाहिर पठाए ।

यस समूहमा पहिलो खेलबाट साउदी अरेबियाले ३ तथा पोेल्यान्ड र मेक्सिकोले १-१ अंक जोडेका छन् । अर्जेन्टिनाले अंक जोडेको छैन । आजै अर्जेन्टिना र मेक्सिको पनि भिड्नेछन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.