3 years ago
November 26, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा पोल्यान्डले साउदी अरेबियालाई पराजित गरेको छ ।

एजुकेसन सिटी रंगशालामा शनिबार पोल्यान्डले दुवै हाफमा १-१ गोल गर्दै २-० को जित दर्ता गर्यो । पोल्यान्डको जितमा पिटर जिलेन्स्की र रोबर्ट लेवान्डोस्कीले १-१ गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टी चुकाउनु साउदीका लागि महँगो सावित भयो । खेलमा तुलनात्मक रूपमा बढी आक्रमण गरेपनि अवसर सदुपयोग गर्न नसक्दा साउदी पराजित हुन पुग्यो ।
खेलको १३ अौं मिनेटमा साउदीको अग्रतासामु पोल्यान्डका गोलरक्षक वजसिएक सेचेज्नी बाधक बने । मोहमद कानोले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमै गरेको शक्तिशाली प्रहार सेचेज्नीले उत्कृष्ट बचाउ गरे ।
खेलको ४० अौं मिनेटमा पोल्यान्डले पिटर जिलेन्स्कीको गोलमा अग्रता लियो । रोबर्ट लेवान्डस्कीले पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई जिलेन्स्कीले गोल गरेका थिए । गोलरक्षक बाहिर निस्केको अवस्थामा उनलाई बिट गर्दै जिलेन्स्कीलाई पास दिएका थिए ।

४४ अौं मिनेटमा साउदीले पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पायो । भिडियो एसिसेन्ट रेफ्रीले अल शेहरीलाई पेनाल्टी क्षेत्र भित्र लडाएको फलमा पेनाल्टी दिएका थिए । तर साउदीका लागि सलेम अल दोसारीले पेनाल्टी चुकाएछि रिबाउन्डमा मोहमद अल्बुरेकले अवसर सदुपयोग गर्न सकेनन् । गोलरक्षक सेचेज्नीले पेनाल्टी विफल पार्दै रिबाउन्डमा आएको प्रहारलाई पनि बाहिर पठाए ।
दोस्रो हाफमा पनि साउदीले पहिलो हाफझैं आक्रामक दबाब कायम राख्यो । ५५ अौं मिनेटमा टोलीले अवसर पनि पाएको थियो तर पुन: सेचेज्नी बाधक बने । पेनाल्टी क्षेत्र भित्र दुवै टोलीको खेलाडीबीच भिडभाडमा प्रहार हुँदा सेचेज्नीले कठिन बचाउ गरे । त्यसको केहिबेरमा नै साउदीले एक मिनेटको अन्तरमा दुई अवसर सदुपयोग गर्न सकेन ।
६३ अौं मिनेटमा पोल्यान्डका अर्काडियुस्ज मिलिकको हेडर क्रसबारमा लागेर फर्कियो । प्रेम्स्ला फ्रान्कोस्कीको क्रसमा ६ यार्ड बक्सनजिक अनमार्क रहेका मिलिकको हेडर गोलरक्षकले बचाउन नसकेपनि बारमा लागेर फर्केको थियो । लगत्तै अर्को आक्रमणमा कप्तान रोबर्ट लेवान्डोस्कीको प्रहार पनि पोस्टमा लागेर फर्कियो ।
७८ अौं मिनेटमा साउदी खेल बराबरी गर्नबाट केहि इन्चले चुक्यो । अब्दुलेला अलमाल्कीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक सेचेज्नी कटेर पोस्टनजिकबाट बाहिरियो ।
एकातर्फ गोल गर्न चुकेका अलमाल्की अर्कोतर्फ पोल्यान्डको गोलमा खलनायक बने । पेनाल्टी क्षेत्र अघि लेवान्डोस्कीले उनैबाट बल खोसेर वन भर्सेस वनको अवस्थामा गोल गर्दै अग्रता दोब्बर पारे । उनले विश्वकपमा पहिलो गोल गर्ने क्रममा संयमित फिनिस गरे ।
९० अौं मिनेटमा लेवान्डोस्की दोस्रो गोलनजिक पुगेका थिए । एकल प्रयासमा डिफेन्डरलाई बिट गर्दै वन भर्सेस वनमा गोलरक्षक पार गरेका उनको फितलो प्रहार सुल्तान अलघानामले गोललाइनबाट क्लियर गरिदिए ।
यस नतिजासँगै समूहको नकआउट चरणमा पुग्ने समिकरण थप रोमान्चक बनेको छ । हालसम्म पोल्यान्डले ४, साउदी अरेबियाले ३ र मेक्सिकोले १ अंक जोडेका छन् । अर्जेन्टिनाले अंक जोडेको छैन । आजै अर्जेन्टिना र मेक्सिको पनि भिड्नेछन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]