3 years ago
November 27, 2022
कतार (हाम्रो खेलकुद) – सन् १९९८ मा फिफा विश्वकप उपाधि जितेको फ्रान्स सन् २००२ मा समूह चरणमै बाहिरियो । फ्रान्सबाट सुरु भएको साविक विजेताको खराब प्रदर्शन सन् २०१८ को रुस विश्वकपसम्म पनि जारी रहयो । यसपटक फ्रान्स आफैंले कतार विश्वकपमा उक्त श्राप तोडेको छ ।

फ्रान्सले शनिबार समूहको दोस्रो खेलमा डेनमार्कलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । पहिलो खेलमा अष्ट्रेलियालाई ४-१ ले हराएको फ्रान्सका लागि दोस्रो खेलमा किलीयन एमबाप्पे नायक बने । उनकै दुई गोलमा फ्रान्सले २-१ को जित दर्ता गर्यो । उक्त जितसँगै फ्रान्स कतारमा जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो ।
सन् २०१८ को उपाधि विजेतालाई यसपटक विश्वकपअघि चोटले निकै सताएको थियो । विश्वकपको लागि अन्तिम टोली घोषणा गर्नुअघि नै फ्रान्सले मिडफिल्डरद्वय पल पोग्बा र एनगोलो कान्टे, गोलरक्षक माइक माइग्नान लगायत खेलाडी गुमाएको थियो । विश्वकपका लागि टोली जम्मा भइसकेपछि प्रशिक्षणकै क्रममा टोलीले आक्रमणमा प्रभावशाली खेलाडी क्रिस्टोफर एनकुन्कुको साथ पनि गुमायो । त्यसको केहि दिनपछि यस वर्षका ब्यालोन डी’ओर विजेता करीम बेन्जेमा पनि चोटको कारण बाहिरीए । तर त्यसले फ्रान्सलाई असर गरेन ।
फ्रान्स आफैं सन् २००२ मा उपाधि रक्षामा उत्रदा समूहको पुछारमा रहेर बाहिरिएको थियो । फ्रान्सले त्यसबेला पहिलो खेलमा सेनेगलसँग १-० को हार बेहोरेको थियो । दोस्रो खेलमा उरुग्वेसँग गोलरहित बराबरीमा रोकिएको फ्रान्स तेस्रो खेलमा डेनमार्कसँग २-० ले पराजित हुँदै समूह चरणबाट बिदा भएको थियो ।

सन् २००२ को विजेता ब्राजिलले सन् २००६ मा समूह चरण पार त गर्यो, तर क्वाटरफाइनलमा टोली फ्रान्ससँग १-० ले पराजित हुँदै बाहिरियो । सन् २००६ को विजेता इटाली भने सन् २०१० मा समूह चरणको पुछारमा अड्किएर बाहिरियो । पहिलो खेलमा पाराग्वेसँग १-१ को बराबरीमा रोकिएको इटाली दोस्रो खेलमा न्युजिल्यान्डसँग पनि १-१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । त्यसपछि अन्तिम खेलमा स्लोभाकियाले ३-२ ले हराएपछि इटाली निकै कमजोर समूहको पुछारमा रहँदै बाहिरियो ।
सन् २०१० को उपाधि जितेको स्पेनले सन् २०१४ मा समूह चरण पार गर्न सकेन । पहिलो खेलमै नेदरल्यान्ड्ससँग ५-१ ले पराजित स्पेन दोस्रो खेलमा चिलीसँग २-० ले हार बेहोर्दै बाहिरियो । अन्तिम खेलमा अष्ट्रेलियालाई ३-० ले पराजित गर्दै स्पेनले सान्त्वना जित हासिल गर्यो ।
सन् २०१८ मा साविक विजेता जर्मनीको पनि उस्तै हालत भयो । जर्मनी समूहको पुछारमा रहेर बाहिरियो । मेक्सिकोसँग १-० को हार बेहोर्दै सुरु भएको जर्मनीले दोस्रो खेलमा स्विडेनलाई हरायो । इन्ज्युरी समयमा टोनी क्रुसको गोलमा जर्मनी २-१ ले विजयी भएको थियो । तर अन्तिम खेलमा दक्षिण कोरियाले २-० ले हराएपछि जर्मनीको यात्रा समूह चरणमा सिमित भएको थियो ।
फ्रान्सका प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले आफ्नो टोलीलाई त्यस्तो कुनै दबाब नरहेको बताए । ‘ तथ्यांक भनेको खेलेपछि बन्ने हो । मलाई हाम्रो टोलीमा विश्वास छ । पहिला के भयो भन्नेले हामीलाई असर गर्दैन । हाम्रो टोलीको बलियो पक्ष थाहा छ र हामी जित्नेमा विश्वस्त छौं,’ उनले भने ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]