3 years ago
November 27, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी मा दोस्रो चरणको खेल शनिबार सम्पन्न भयो । पहिलो चरणमा जित दर्ता गर्न नसकेका अर्जेन्टिना र पोल्यान्ड विजयी भएसँगै यस समूहको नकआउट चरण पुग्ने समीकरण निकै रोमान्चक बनेको छ ।

दुई खेलको समाप्तिपछि पोल्यान्ड ४ अंक जोड्दै शीर्षस्थानमा छ । अर्जेन्टीना र साउदी अरेबिया ३ अंकसाथ क्रमश: दोस्रो र तेस्रोमा छन् । अर्जेन्टिना र साउदीको समान अंक भएपनि आजको २ गोलको कारण अर्जेन्टिना अघि छ । मेक्सिकोले १ अंक जोडेको छ । सबै टोलीको अघि बढ्ने सम्भावना रहेको छ ।
अन्तिम चरणको खेलमा अब अर्जेन्टिनाले पोल्यान्डसँग खेल्नेछ । त्यस्तै मेक्सिकोले साउदी अरेबियाको सामना गर्नेछ । दुवै खेल मंसिर १३ गते मध्यरातमा हुनेछ । समूहको अन्तिम खेल एकै समयमा हुने कारण पनि समीकरणबारे दुवै टोली मैदानमा रहँदा थाहा हुनेछ ।

अर्जेन्टिनालाई अघि बढ्ने समीकरण :
अर्जेन्टिनाले अब अन्तिम खेलमा जित हासिल गरे समूहबाट नकआउट चरण प्रवेश गर्नेछ । समूह विजेता वा उपविजेता बन्ने समूहको अर्को खेलको नतिजाले टुंगो लाग्नेछ । यदि अर्जेन्टिना जितेर साउदी बराबरी वा हार बेहोरे अर्जेन्टिना समूह विजेता बन्नेछ । अर्जेन्टिना र साउदी दुवैले जित हासिल गरे गोल अन्तरले समूह विजेता र उपविजेता निर्णय हुनेछ ।
अर्जेन्टिना र पोल्यान्डको खेल बराबरीमा सकिएको अवस्थामा भने अर्जेन्टिना अघि बढ्न मेक्सिकोले जित वा बराबरी नतिजा निकाल्नुपर्नेछ । अर्जेन्टिना र पोल्यान्ड बराबरीमा रोकिएर साउदी र मेक्सिको पनि बराबरी भए अर्जेन्टिना गोल अन्तरमा अघि बढ्नेछ । त्यस्तै अर्जेन्टिना बराबरी खेलेर साउदी जितेको अवस्थामा अर्जेन्टिनाको विश्वकप यात्रा समाप्त हुनेछ ।
*यसअघि समूहमा अर्जेन्टिना दोस्रो हुनुपर्नेमा अन्यथा पर्न गएकोमा क्षमाप्रार्थी छौं – सम्पादक
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]