3 years ago
November 27, 2022
कतार (हाम्रो खेलकुद) – अर्जेन्टिनी कप्तान लिओनेल मेस्सी फिफा विश्वकप कतार २०२२ अन्तर्गत मेक्सिकोविरुद्ध जितमा प्लेयर अफ द म्याच चुनिएका छन् ।

लुसेल रंगशालामा मेस्सीले एक गोल र एक असिस्टको योगदान दिएपछि अर्जेन्टिनाले २-० को जित दर्ता गरेको थियो । पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएपछि निकै आलोचित भएका मेस्सीले दोस्रो खेलमा सानदार प्रदर्शन गरे ।
अर्जेन्टिनाका लागि खेलको ६४ औं मिनेटमा मेस्सीले सुरुवाती गोल गरेका थिए । पेनाल्टी क्षेत्र बाहिरबाट मेस्सीले गरेको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । गोलरक्षक गोलेर्मे ओचोआले सहि दिशामा डाइभ दिएपनि उनी बलसम्म पुग्न सकेनन् ।
मेक्सिको बराबरी गोलको खोजीमा लगातार आक्रमण गरिरहँदा अर्जेन्टिनाले ८७ औं मिनेटमा दोस्रो गोल थप्यो । बेन्चबाट मैदान पस्दै मिडफिल्ड चलायमान बनाएका एन्जो फर्नान्डेजले सुन्दर गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । उनले मेस्सीको पासलाई पेनाल्टी क्षेत्रभित्र लिएपछि डिफेन्डरलाई छक्याएर गरेको प्रहारलाई गोलरक्षक ओचोआले बचाउने कुनै अवसर पाएनन् ।

त्यसअघि समूह सी मै आज भएको खेलमा पोल्यान्डले साउदी अरेबियालाई पराजित गरेको थियो । पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोस्कीले एक गोल र एक असिस्टको योगदान दिएपछि पोल्यान्ड २-० ले विजयी भएको थियो ।
यस नतिजासँगै अर्जेन्टिना समूह सी मा ३ अंकसहित दोस्रो स्थानमा छ । पोल्यान्ड ४ अंक जोड्दै शीर्षस्थानमा रहँदा साउदी अरेबिया ३ अंक जोड्दै तेस्रो छ । अर्जेन्टिना र साउदीको समान अंक भएपनि गोल अन्तरमा अर्जेन्टिना अघि छ ।
अर्जेन्टिनाले अब अन्तिम खेलमा जित हासिल गरे समूहबाट नकआउट चरण प्रवेश गर्नेछ । समूह विजेता वा उपविजेता बन्ने समूहको अर्को खेलको नतिजाले टुंगो लाग्नेछ । मेक्सिको र साउदी अरेबियाको खेलको नतिजाले नकआउट पुग्ने र समूह स्थान निर्धारणमा प्रत्यक्ष असर पर्नेछ ।
*यसअघि समूहमा अर्जेन्टिना दोस्रो हुनुपर्नेमा अन्यथा पर्न गएकोमा क्षमाप्रार्थी छौं – सम्पादक
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]