default_image

3 years ago

November 27, 2022

बेल्जियमलाई मोरक्कोको चुनौती

342 views

0 Bookmark

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (आइतबार) समूह ‘ई’ र समूह ‘एफ’ का समान दुई खेलहरुमा प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘एफ’ मा बेल्जियम र मोरक्को तथा क्रोएसिया र क्यानडाबीच आज प्रतिस्पर्धा हुँदैछ । बेल्जियम र मोरक्कोबीचको खेल अल थुमामा रंगशालामा खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजेपछि हुनेछ ।

यो समूहमा पहिलो चरणको खेल सकिदा बेल्जियम गोल गर्ने एक्लो टोली हो । मोरक्कोले २०१८ को उपविजेता क्रोएसियासँग गोलरहित बराबरी खेल्दा बेल्जियमले मिते बात्सुयाईको गोलबाट क्यानडालाई १–० ले हराएको थियो ।

फिफा विश्वकप इतिहासमा ५०औं खेल खेल्दा बेल्जियम लगातार दोस्रो जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन चहान्छ । बेल्जियम आफ्नो पछिल्लो ६ विश्वकपको पहिलो दुई खेलमा अपराजित छ ।

क्यानडालाई हराएपछि बेल्जियमले बेल्जियमले विश्वकपमा समूह चरणमा लगातार ८ खेल जितेर ब्राजिलको कीर्तिमान बराबरी गरेको छ । ब्राजिलले दुई पटक (१९८६–१९९४ र २००२–२०१०) को बीचमा यो उपलब्धि हासिल गरेको थियो ।

मोरक्कोको यो १८औँ विश्वकप तथा युरोपेली विपक्षीविरुद्धको १४औँ खेल हुनेछ । मोरक्कोले युरोपेली देशविरुद्ध अन्तिम ११ विश्वकपको समूह चरणका खेलहरूमध्ये केवल दुई जित र ६ बराबरीको नतिजा निकालेको छ ।

यि दुई टोली विश्वकपमा एक पटक प्रतिस्पर्धा हुँदा सन् १९९४ मा बेल्जियमले १–० को जित निकालेको थियो । हालसम्म यि दुई टोलीबीच तीन पटक प्रतिस्पर्धा हुँदा बेल्जियमले दुई तथा मोरक्कोले एक खेल जितेको छ ।

यि दुई टोलीले पछिल्लोपटक सन् २००८ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दा बेल्जियम ४–१ ले विजयी भएको थियो । त्यसयता यि दुई टोलीबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो ।

बेल्जियमले विश्वकपमा ४९ अ‍ेल खेल्दा ११ जित, ९ बराबरी र १९ हारको नतिजा निकालेको छ । मोरक्कोले १७ खेल खेल्दा २ जित, ६ बराबरी र ९ हारको नतिजा निकालेको छ ।

स्वर्णिम पुस्ता मानिने बेल्जियमसँग थिवाउट कोर्टुवा, जान भर्टोन्घन, टोबी एल्डरवेरेल्ड, थोमस म्युनियर, टिमोथी कास्टग्ने, केभिन डि ब्रुएना, युरी टिलेमान्स, एक्सेल विट्सेल, यान्निक कारास्को, थोरगन हाजार्ड, इडेन हाजार्ड, लिआन्ड्रो ट्रोसार्ड, ड्रिज मर्टेन्स, जेरेमी डोकु, रोमेलु लुकाकु र मिसी बात्सुयाई रहेका छन् ।

यता, मोरक्कोसँग यासिन बोनो, अक्रफ हाकिमी, हाकिम जिएक र युसुफ एन–नेस्रीलगायतको नाम चलेका खेलाडीको साथ छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.