default_image

3 years ago

November 27, 2022

क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा

263 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘एफ’ को खेलमा २०१८ को उपविजेता क्रोएसिया र क्यानडा आमाने–सामाने हुँदैछन् ।

क्रोएसिया र क्यानडाबीचको खेल खलिफा रंगशालामा राति ९ः४५ बजेपछि हुनेछ । दुवै टोली मैदान उत्रदा पहिलो जित निकाल्दै समूह चरण पार गर्ने लक्ष्यमा रहनेछ । क्रोएसिया पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरीमा रोकिदा अलफन्सो डेभिस पेनाल्टीमा चुक्दा क्यानडाले बेल्जियमसँग १–० को हार बेहारेको थियो ।

क्रोएसिया र क्यानडा पहिलो पटक खेल्न लागेका हुन् । यो खेलले नै यि दुई टोलीमध्येबाट समूह एफबाट अघिल्लो चरण पुग्ने टोलीको टुंगो लाग्न सक्नेछ । क्रोएसियाले सन् १९९८ मा पहिलोपटक विश्वकप खेल्दा कोन्काफ टोली जमैकाविरुद्ध ३–१ को जित निकालेको थियो । तर, पछिल्ला दुवै संस्करणमा क्रोएसियाले कोन्काफ टोली मेक्सिकोसँग २००२ मा १–० र २०१४ मा ३–१ ले पराजित भएको थियो । यद्दपि क्रोएसियाले क्यानडासँग पहिलो खेल्दैछ ।

क्यानडाको यो फिफा विश्वकपमा पाँचौं खेल मात्र होइन तर युरोपेली प्रतिद्धन्द्धीविरुद्ध पनि पाँचौ खेल हा् । क्यानडाले १९८६ मा फ्रान्स, हंगेरी र सोभियत संघसँग खेल्दा तीनमै हार र यसपटक बेल्जियमसँग हार बेहारिसकेको छ । क्रोएसियाले आफ्नो पछिल्लो १७ अन्तर्राष्ट्रिय खेलमध्ये एकमा मात्र हार बेहोरेको छ । जसमा ११ जित, ५ बराबरी र एक हारको नतिजा छ ।

क्रोएसिया विश्वकपका समूह चरणमा चार खेलमा अपराजित छ । जुन समूह चरणमा हारविना क्रोएसियाको लामो दौड हो । विश्व कपको इतिहासमा यो क्यानाडाको पाँचौं खेल हो, ती सबै युरोपेली राष्ट्रविरुद्ध नै रहेको छ ।

क्रोएसियाले विश्वकपमा २४ खेल खेल्दा ११ जित, ५ बराबरी र ८ हारको नतिजा निकालेको छ । क्यानडाले भने खेलेको सबै चार खेलमा हार बेहोरेको छ । विश्वकपमा क्यानडा पहिलो जितको खोजीमा हुनेछ ।

क्रोएसियासँग डोमिनिक लिभाकोभिच, डेजान लोभ्रेन, बोरना सोसा, जोस्को भार्डीओल, जोसिप जुरानोभिच, लुका मोड्रीच, मटियो कोभाचिच, मार्सेलो ब्रोजोभिच, मारियो पासालीच, निकोला भ्लासिच, इभान पेरिसिच र आन्द्रे क्रामारिच रहेका छन् ।

क्यानडासँग मिलान बोर्जनसँगै कमल मिलर, जोएल वाटरम्यान, डेरेक कर्नेलियस, एलिस्टेएर जोनस्टन र रिची लारेआ, एटिबा हचिन्सन, साम पिएट, लियाम फ्रासेर, अल्फन्सो डाभिस, जोनाथन डेभिड र लियाम मिलरलगायतको खेलाडीको साथ छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.