3 years ago
November 27, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आइतबार हुने समूह चरणको अन्तिम खेलमा दुई युरोपेली हेभीवेट जर्मनी र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।

जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति १२ः४५ बजेपछि अल बायत रंगशालामा हुोछ । यि दुई राष्ट्रबीचको खेलले सारा विश्वको ध्यान खिच्ने अनुमान गरिदा खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
स्पेनले पहिलो खेलमा आरामदायी जित निकालेर जर्मनीविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रदा चार पटकको च्याम्पियन जर्मनी जापानसँगको २–१ को हारलाई बिर्सदै मैदान उत्रनेछ । स्पेनविरुद्ध हार या बराबरीमा रोकिएको अवस्थामा जर्मनी लगातार दोस्रो संस्करणमा पनि समूह चरणबाटै बाहिरिने डर हुनेछ । त्यसकारण जर्मनी स्पेनविरुद्ध ३ अंककै लागि मैदान उत्रनेछ ।
यता, पहिलो खेलमा कोस्टा रिकामाथि ७–० को आरामदायी जित निकालेको स्पेन सोही जितको लयलाई निरन्तरता दिन चाहान्छ । यस खेलबाटै स्पेनले विश्वकपमा १००औं गोल पूरा गरेका छन् ।
यि दुई टोलीबीच हालसम्म २५ खेल हुँदा ९ खेलमा जर्मनी विजयी भएको छ । स्पेनले ८ खेलमा जित निकाल्दा ८ खेल बराबरीमा सकिएको छ । विश्वकपमा यि दुई टोलीबीच यो पाँचौ खेल हुनेछ । यसअघिको चार खेलमा जर्मनीले २ जित निकाल्दा एक खेल स्पेनले जित्दा एक खेल बराबरीमा सकिएको छ ।
पछिल्लोपटक यि दुई टोलीबीच सन् २०१० को विश्वकपको सेमिफाइनलमा भेट हुँदा स्पेन १–० ले विजयी भएको थियो । त्यसयता यि दुई टोलीले विश्वकपमा पहिलोपटक खेल्न लागेको हो । पछिल्लोपटक २०२० मा नेसन्स लिगमा स्पेनले ६–० को सानदार जित निकालेको थियो । त्यसमा फेरान टोरेसले ह्याट्रिक गरेका थिए । उनली अलिे पनि टोलीमा छन् ।
स्पेनले विश्वकपमा ६४ खेलमा ३१ जित, १५ बराबरी र १८ हारको नतिजा निकालेको छ । जर्मनीले ११० खेल खेल्दा ६७ जित, २० बराबरी र २३ हार बेहोरेको छ ।
क्लब फुटबलमा सँगै खेलेका मार्को एसेन्सियो र एन्टोनियो रुडिगर, सेजर एजपिलिकुएटा र काई हाभर्ट्ज, ड्यानी ओल्मो र डेभिड राउम, रोड्री, एमेरिक लापोर्टे र इल्के गुन्डोगन एक अर्काको खेलमा जानकार छ ।
जर्मनीसँग म्यानुएल नोएर, माथिअस जिन्टर, क्रिस्टियन गन्टर, थिलो केहरर, डेविड रम, एन्टोनियो रुडीगर, निकलस सुल, करीम एडेयेमी, जुलियान ब्रान्ट, सर्ज नाब्री, लिओन गोरेट्जका, मारियो गोट्जे, इल्काए गुन्डोगन, काइ हाभर्ट्ज, जोनास हफम्यान, जोशुवा किम्मिख, युसुफा मौकोको, जमाल मुसियाला, थोमस मुलर र लेरोय सानेको साथ रहेको छ ।
यता, युवा खेलाडीले भरिएको स्पेनसँग उनाइ सिमोन, सेजार एज्पिलीक्वेटा, ड्यानी कार्भाजल, एरिक गार्सिया, पाउ टोरेस, एमेरिक लापोर्ट, जोर्डी अल्बा, सर्जियो बुस्केट्स, रोड्री, गाभी, कार्लोस सोलेर, मार्कस लोरेन्टे, पेड्री, कोके, फेरान टोरेस, निको विलियम्स, अल्भारो मोराटा, मार्को एसेन्सियो, पाब्लो सराबिया, ड्यानी ओल्मो र अन्सु फाती रहेका छन् ।
स्पेनले यसअघिका तीन पटक (१९५०, २००२ र २००६) विश्वकपको फाइनलमा आफ्नो सुरुवाती दुई खेल जिते छ । स्पेनले युरोपेली विपक्षीविरुद्धको अन्तिम २० विश्वकप खेलहरूमध्ये एकमा मात्र गोल गर्न असफल भएको छ ।
जर्मनीले विश्वकपमा कहिल्यै पनि आफ्नो सुरुवाती दुई खेल हारेको छैन । युरोपेली विपक्षीविरुद्धको पछिल्लो २० विश्वकपको समूह चरणका खेलमध्ये जर्मनीले १० जित र ७ बराबरीको नतिजा निकाल्दा ३ मा हार बेहोरेको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]