3 years ago
November 27, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गरेको छ । मोरक्कोले पहिलो जित दर्ता गर्ने क्रममा बेल्जियमलाई २-० ले पराजित गरेको हो ।

मोरक्कोका लागि अब्देलहामिद साबिरीले दोस्रो हाफमा गरेको फ्रिकिक गोलमा अग्रता लियो । इन्ज्युरी समयमा दोस्रो गोल थप्दै मोरक्कोले जित पक्का गर्यो । खेलमा तुलनात्मक रुपमा बढी आक्रमण बुनेको मोरक्कोले पहिलो हाफमै अग्रता लिएपनि भिडियो असिस्टेन्ट रेफ्रीबाट मान्यता पाउन सकेको थिएन । दोस्रो हाफमा पनि दबाब कायम राख्दै मोरक्को जित हासिल गर्न सफल रहेको हो । पहिलो खेलमा औसत प्रदर्शन गरेपनि जित हासिल गरेको बेल्जियमले दोस्रो खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेन ।
पहिलो हाफको इन्ज्युरी समयमा मोरक्को हाकिम जिएचको फ्रिकिक गोलले मान्यता पाउन सकेन । जिएचले दायाँ विंगबाट प्रहार गरेको फ्रिकिक सिधै गोल भएको थियो । तर अफसाइड पोजिसनमा रहेका खेलाडीले गोलरक्षक थिबाउट कोर्टुवाअघि आएर बलको दिशा छेकेपछि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिएनन् ।
त्यसअघि बेल्जियमको दुई प्रहारमा गोलरक्षक मुनिर एल काजुइ बाधक बनेका थिए । उनले खेलको पहिलो मिनेटदेखि नै यासिन बोनोउको स्थान लिएका थिए । राष्ट्रिय गानमा बोनोउ सरिक भएपनि टिम फोटोमा भने वैकल्पिक गोलरक्षक मुनिर आएका थिए । फिफाले खेलाडी सुचिमा बोनोउ घाइते रहेको जनाएको छ ।

५१ औं मिनेटमा इडेन हाजार्डले मिडफिल्डदेखि बल अघि लग्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक मुनिरले विफल पारे । ५६ औं मिनेटमा सोफियान बौफालले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार पोस्टलाई छुँदै बाहिरियो ।
खेलको ७३ औं मिनेटमा फ्रिकिक गोलमै मोरक्कोलले अग्रता लियो । यसपटक अब्दुलहमिद सबिरीले बायाँ विंगको पेनाल्टी क्षेत्रबाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरे । यसपटक पनि गोलरक्षक कोर्टुवाले बलको दिशा ठम्याउन सकेनन् ।
इन्ज्युरी समयमा मोरक्कोका लागि जाकारिया अबोउखलालले गोल गरे । उनले हाकिम जिएचको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट गोलको दिशा दिँदै गोलरक्षक कोर्टुवालाई कुनै अवसर दिएनन् ।
यस जितसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ । क्रोएसिया १ अंक र क्यानडा अंकविहिन छ । आजै ९:४५ बजे सुरु हुने खेलमा क्यानाडा र क्रोएसिया भिड्नेछन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]