3 years ago
November 27, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एफ को खेलका क्यानडालाई ४-१ ले हराउँदै क्रोएसिया समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा आइतबार क्यानडाले दोस्रो मिनेटमै अग्रता लिएपनि क्रोएसियाले पुनरागमन गर्दै जित हासिल गर्यो । क्रोएसियाको जितमा आन्द्रे क्रामारिचले दुई, लोभ्रो माएर र मार्को लिभाजाले १-१ गोल गरे ।
क्यानडाले खेलको दोस्रो मिनेटमै अल्फोन्सो डेभिसको गोलमा अग्रता लिएको थियो । ताहन बुकाननको क्रसमा डेभिसले हेडरमा गोल गर्दै क्यानडालाई अघि बढाए । यो क्यानडाका लागि विश्वकप इतिहासमै पहिलो गोल समेत थियो ।
क्रोएसियाले पहिलो हाफको अन्त्यतिर लगातार दुई गोल गर्दै अग्रता लियो । ३६ अौं मिनेटमा क्रामारिचले बराबरी गोल फर्काए । उनले इभान पेरिसिचको पासमा पेनाल्टी क्षेत्र भित्रबाट कठिन एंगलबाट गोल गरे ।
पहिलो हाफको अन्तिम मिनेटमा क्रोएसियाले अग्रता लियो । उनले जोसिप जुरानोभिचको पास सदुपयोग गर्दै पहिलो हाफमा २-१ को अग्रता दिलाए ।
७० अौं मिनेटमा क्रामारिचले व्यक्तिगत दोस्रो गोल गरे । पेरिसिचको पासलाई पेनाल्टी क्षेत्र भित्र नियन्त्रण गरेर क्रामारिचले सुन्दर फिनिस गरे ।
इन्ज्युरी समयमा क्रोएसियाले चौथो गोल गर्यो । क्यानडाले आफ्नो हाफमा बल खुस्काएपछि मिस्लाभ अर्सिचले २ भर्सेस १ को स्थितिमा लोभ्रो माएरलाई खाली पोस्टमा गोल गर्न दिए ।
यस जितले क्रोएसिया गोल अन्तरको आधारमा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । क्रोएसिया र मोरक्कोको ४-४ अंक छ र । बेल्जियमको ३ अंक हुँदा क्यानडा अंक विहिन रहँदै बाहिरिएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]