3 years ago
November 28, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को खेलमा स्पेन र जर्मनीले रोमान्चक बराबरी खेलेका छन् । अल बेयत रंगशालामा आइतबार भएको खेल १-१ को बराबरीमा सकियो ।

स्पेनले खेलको दोस्रो हाफमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । दुवै टोलीका लागि वैकल्पिक फरवार्डले गोल गरेका थिए । स्पेनका अल्भारो मोराटाले अग्रता दिलाउँदा जर्मनीका लागि निकलास फुलक्रुगले बराबरी गोल फर्काए ।
खेलको सुरुवातबाटै बल पोसेसन राख्दै खेलेको स्पेनका लागि छैटौं मिनेटमा अग्रता लिने प्रयासमा क्रसबार बाधक बन्यो । ड्यानी अोल्मोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक म्यानुएल नोएरले छेक्दापनि क्रसबारमा लागेर बाहिरियो ।
खेलको ४० अौं मिनेटमा जर्मनीले गोल गरेपनि त्यसले मान्यता पाएन । एनेटोनियो रुडिगरले फ्रिकिकमा हेडरमार्फत गोल गरेपनि उनी अफसाइड रहेको भिएआरमा देखिएको थियो ।
५६ अौं मिनेटमा स्पेनले आफ्नै पेनाल्टी क्षेत्रभित्र बल गुमाउँदा जर्मनीले अग्रता लिने अवसर पाएको थियो । तर लगातार पासपछि जोशुवा किम्मिखको अन्तिम प्रहार गोलरक्षक उनाइ सिमोनले विफल पारे ।
६२ अौं मिनेटमा स्पेनले वैकल्पिक फरवार्ड अल्भारो मोराटाको गोलमा अग्रता लियो । जोर्डी अल्बाको क्रसमा मोराटाले ६ यार्ड बक्सको अगाडिबाट गोल गरे । उनले गोलरक्षक नोएर र डिफेन्डर निकलास सुलको बिचमा पसेर फिनिस गरेका थिए ।
८३ अौं मिनेटमा जर्मनीले बराबरी गोल फर्कायो । स्पेनले आफ्नै हाफमा बल गुमाएपछि काउन्टरमा जर्मनीका लागि निकलास फुलक्रुगले गोल गरे । उनले जााल मुसियालाले नियन्त्रणमा लिएको बलमा पेनाल्टी क्षेत्रको ठिक भित्रबाट शक्तिशाली प्रहार गर्दै स्कोर बराबरीमा ल्याए ।
यस समूहमा अब चारै टोलीको अघि बढ्ने सम्भावना रहेको छ । स्पेन ४ अंकसहित शीर्ष स्थानमा छ । जापान र कोस्टारिकाको ३-३ अंक तथा जर्मनी पुछारमा छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]