3 years ago
November 28, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (सोमबार) समूह ‘जी’ र ‘एच’ का विभिन्न चार खेलहरु हुँदैछन् ।

आज (सोमबार) समूह ‘जी’ क्यामरुन र सर्विया तथा ब्राजिल र स्वीट्जरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एच’ मा दक्षिण कोरिया र घाना तथा पोर्चुगल र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको समाप्तिपछि समूह चरणको दोस्रो राउन्डको खेल सम्पन्न हुनेछ ।
दिनको पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन र सर्वियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार दिउँसको ३ः४५ बजेपछि शुरु हुनेछ ।
पहिलो खेलमा हार बेहोरेको दुवै टोली पहिलो जितको खोजीमा हुने छ । सर्विया ब्राजिलसँग २–० ले तथा क्यामरुन स्वीट्जरल्यान्ड्ससँग १–० ले पराजित भएको छ ।

समूह चरण पार गर्न यि दुई टोलीलाई जितको आवश्यक छ । बराबरी या हारले टोलीको अघिल्लो चरण पुग्ने सम्भावना झिनो बन्दा अन्य नतिजाको पनि भर पर्नुपर्ने । त्यसैले दुवै टोली निश्चित जितको लक्ष्यसहित मैदान उत्रनेछ ।
दिनको दोस्रो खेलमा समूह ‘एच’ मा रहेको दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल एजुकेशन सिटी रंगहालामा साँझ ६ः४५ बजेपछि हुनेछ ।
दुवै टोली पहिलो जितकै खोजीमा हुनेछ । घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ ले पराजित हुँदा दक्षिण कोरियाले उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो ।
तेस्रो खेलमा पाँचपटकको च्याम्पियन ब्राजिल र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । ब्राजिल र स्वीट्जरल्याण्डबीचको खेल राति ९ः४५ बने स्टेडियम ९७४ मा हुनेछ ।
दुवै टोली दोस्रो जित निकाल्दै अघिल्लो चरण पुग्ने लक्ष्यमा हुनेछ । ब्राजिलले पहिलो खेलमा सर्वियालाई २–० ले तथा स्वीसले क्यामरुनलाई १–० ले हराएको थियो । ब्राजिललाई आफ्नाे मुख्य फरवार्ड नेयमारसँगै डिफेन्डर डानिलाेकाे अभाव खड्कन सक्नेछ । यि दुवै चाेटका कारण बाहिरिएका छन् । अर्का फरवार्ड एन्टाेनी पनि बिरामी छन् ।
दिनको चौंथो तथा अन्तिम खेलमा पोर्चुगल र उरुग्वे आमाने–सामाने हुँदैछ । समूह ‘एच’ को यो खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजे सुरु हुनेछ ।
पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहँद उरुग्वे पहिलो जित निकाल्ने लक्ष्यमा छ । पोर्चुगलले पहिलो खेलमा घानालाई हराउँदा उरुग्वे दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।
समूह चरणको दोस्रो राउन्डको खेल सकिने संघारमा रहँदा साविकको विजेता फ्रान्सले नकआउट चरणको यात्रा तय गर्दा आयोजक कतार र क्यानडा समूह चरणबाट बाहिरिएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]