3 years ago
November 28, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (सोमबार) समूह ‘जी’ र ‘एच’ का विभिन्न चार खेलहरुमा प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘जी’ क्यामरुन र सर्विया तथा ब्राजिल र स्वीट्जरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्वियाबीचकाे खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार दिउँसको ३ः४५ बजेपछि शुरु हुनेछ ।
पहिलो खेलमा हार बेहोरेको दुवै टोली पहिलो जितको खोजीमा हुने छ । सर्विया ब्राजिलसँग २–० ले तथा क्यामरुन स्वीट्जरल्यान्ड्ससँग १–० ले पराजित भएको छ ।
समूह चरण पार गर्न यि दुई टोलीलाई जितको आवश्यक छ । बराबरी या हारले टोलीको अघिल्लो चरण पुग्ने सम्भावना झिनो बन्दा अन्य नतिजाको पनि भर पर्नुपर्नेछ । त्यसैले दुवै टोली निश्चित जितको लक्ष्यसहित मैदान उत्रनेछ ।
यि दुई टोली दोस्रोपटक भिड्न लागेका हुन् । यि दुई टोलीले पछिल्लोपटक सन् २०१० मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दा सर्वियाले ४–३ को जित निकालेको थियो । सर्विया सोही जितलाई निरन्तरता दिन चहाँदा क्यामरुन उक्त नतिजा उल्ट्याउने योजनामा हुनेछ ।
आठौंपटक विश्वकप खेलिरहेको क्यामरुनको सबैभन्दा उत्कृष्ट नतिजा सन् १९९० मा क्वाटरफाइनलसम्म पुग्नु नै हो । त्यसपछि क्यामरुनले समूह चरण पार गन सकेको छैन ।
सन् २००२ मा साउदी अरेबियालाई १–० ले पराजित गरेयता क्यामरुनले विश्वकपमा जित निकाल्न सकेको छैन । त्यसयताको सबै ८ खेलमा क्यामरुनले हार बेहोरेको छ ।
सर्वियालाई स्तब्ध पार्दै क्यामरुन विश्वकपमा लगातार हारको श्रृंखला तोड्न चहान्छ । टोलीसँग आन्द्रे ओनाना, जान चाल्सकास्टलेटो, कोलिन्स फाइ, निकोलस एन्कुलु, तोलो नौहोउ, क्रिस्टोफर वुह, मार्टिन होंग्ला, पिएर कुन्डे, ओलिभिएर एन्चाम, गेल ओन्दुआ, स्यामुएल ओम गोए, आन्द्रे फ्रान्क जाम्बो एन्गिसा, एरिक म्याक्सिम चुपो मोटीङ र कार्ल टोको एकाम्बी रहेका छन् ।
यता, सर्विया पनि क्यामरुनलाई हराएर आफ्नो सम्भावना जीवित पार्न चहान्छ । २०१० मा सर्वियाको नामबाट तेस्रोपटक विश्वकप खेलिरहेको सर्वियाको पनि विश्वकपमा राम्रो प्रदर्शन हुन सकेको छैन । टोलीले समूह चरण पार गर्न सकेको छैन ।
सर्वियाले विश्वकपमा हालसम्म ७ खेल खेल्दा केवल दुई जित र ५ हारको नतिजा निकालेको छ । पछिल्लो तीनै खेलमा हार बेहोरेको छ । विश्वकपमा सर्वियाले केवल चार गोल गरेको छ ।
युरोपेली छनोटमा पोर्चुगललाई पछि पारेर विश्वकपमा छनोट भएको सर्वियाले पहिलो खेलमा ब्राजिललाई बलियो चुनौती पेश गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन ।
सर्वियासँग मार्को डिमिट्रोभिच, निकोला मिलेन्कोभिच, स्ट्राहिन्जा पाभ्लोभिच, नेमान्जा गुडेल्ज, सर्गे मिलिन्कोभिच–साभिच, सासा लुकिच, मार्को ग्रुजिच, फिलिप कोस्टिच, नेमान्जा माक्सिमोभिच, इभान इलिच, डार्को लाजोभिच, डुसान टाडिच, एलेक्सान्डर मिट्रोभिच, डुसान भ्लाहोभिच र लुका जोभिच रहेका छन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]