3 years ago
November 28, 2022
एजेन्सी – पाँच पटकको च्याम्पियन ब्राजिलले फिफा विश्वकप कतार २०२२ अन्तर्गत आज (सोमबार) समूह चरणको दोस्रो खेलमा स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘जी’ अन्तरगत ब्राजिल र स्वीट्जरल्यान्डबीचको खेल राति ९ः४५ बजे हुनेछ । ब्राजिल लगातार दोस्रो जित निकाल्दै समूह चरण पार गर्ने लक्ष्यमा रहँदा स्वीट्जरल्यान्डको पनि त्यही योजना हुनेछ ।
दुवै टोलीले आफ्नो पहिलो खेलमा सफलता हात पार्दै ३ अंक जोडिसकेका छन् । ब्राजिलले सर्वियालाई २–० ले तथा स्वीट्जरल्यान्डले क्यामरुनलाई १–० ले हराएको थियो ।
स्वीट्जरल्यान्डविरुद्ध मैदान उत्रदा ब्राजिललाई आफ्नो मुख्य फरवार्ड नेयमारसँगै डिफेन्डर डानिलोको अभाव खड्कन सक्नेछ । नेयमार र डानिलो दुवैले सर्वियाविरुद्धको खेलमा चोट बोकेका थिए ।
नेयमारले स्वीट्जरल्यान्डसँगै क्यामरुनसँगको खेल पनि गुमाउनेछ । डानिलो क्यामरुनविरुद्धको खेलमा उपलब्ध हुने सम्भावना छ । यस्तै ब्राजिलले अर्का फरवार्ड एन्टोनीलाई पनि गुमाउने सम्भावना छ । अस्वस्थका कारण एन्टोनीले टोलीसँग प्रशिक्षण गरेका छैनन् ।
यि अवस्थाका बावजुत ब्राजिल जितको लक्ष्यसहित मैदान उत्रनेछ । पछिल्लो समय राष्ट्रिय टोलीमा लगातार गोल गर्दै आइरहेका रिचार्लीसनसँगै भिनिसियस जुनियर, राफिन्हा, राेिड्रगो, पेड्रो, ग्याब्रिएल जेसस र ग्याब्रिएल मार्टिनेलीले ब्राजिलको आक्रमण सम्हाल्नेछ । गोलरक्षक एलिसन बेकर, थियागो सिल्भा, मार्किन्हस, एलेक्स सान्ड्रो, एडर मिलिसाओ, क्यासेमिरो, फाबिन्हो, लुकास पाक्वेटा, फ्रेड र ब्रुनो गुइमराएससँगै एभर्टन रिबिएरो टोलीमा रहेका छन् ।
ब्राजिल सबै २२ संस्करणको विश्वकप खेल्ने एक्लो टोली हो । विश्वकपमा ११० खेल खेलिसकेको ब्राजिलले सन् २००२ पछि उपाधि जित्न सकेको छैन । त्यसयताको चार संस्करणमा ब्राजिल एकपटक सेमिफाइनल र तीनपटक क्वाटरफाइनलमा रोकिएको छ ।
यता, स्वीट्जरल्यान्ड पनि ब्राजिललाई हराउँदै नकआउट चरण पुग्ने सम्भावना बलियो पार्न चहान्छ । ११औं पटक विश्वकप खेल्दै रहेको स्वीट्जरल्यान्डको विश्वकपमा सबैभन्दा उत्कृष्ट नतिजा क्वाटरफाइनलसम्म पुग्नु रहेको छ । सन् १९५४ यता स्वीट्जरल्यान्ड प्रि–क्वाटरफाइनल भन्दा अघि बढ्न सकेको छैन ।
विश्वकपमा ३८ खेल खेलिसकेको स्वीट्जरल्यान्डसँग यान सोमर, म्यानुएल अकान्जी, निको एल्भेडी, रिकार्डो रोड्रीग्वेज, सिल्भान विडमर, ग्रानिट झाका, एडिमिल्सन फर्नान्डेस, फाबियन फ्रेई, रेमो फ्रुलर, आर्डन जाशारी, फाबियन रिडर, जेर्डान शाकिरी, जिब्रिल सो, रेनाटो स्टेफेन, डेनिस जाकारिया, मिसेल एबिसर ब्रिल एम्बोलो, क्रिस्टियन फासानाट, नोआ ओकाफोर, हारिस सेफेरोभिच र रुबेन भार्गासको साथ रहेको छ ।
यि दुई टोली हालसम्म ९ पटक भेट हुँदा ब्राजिलले ३ खेल जितेको छ । चार खेल बराबरीमा सकिदा ३ खेल स्वीट्जरल्यान्डले जितेको छ । पछिल्लोपटक दि दुई टोलीले २०१८ को विश्वकपको समूह चरणमा प्रतिस्पर्धा गर्दा खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसअघि २०१३ मा ब्राजिलले १–० काे हार बेहाेरेकाे थियाे ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]