3 years ago
November 28, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा ब्राजिलियन स्टार नेयमार घाइते हुँदै बाहिरिए । एंकलमा चोट लागेका उनले कम्तिमा समूह चरणको खेल गुमाउने बुझिएको छ । आक्रमणमा पर्याप्त खेलाडी रहेको ब्राजिलका प्रशिक्षक नेयमारको अनुपस्थिति र टोलीमा विकल्पबारे यसो भन्छन् :

‘फुटबल भनेको अवस्था अनुसार खेलिने खेल हो । तपाईंले विपक्षी टोलीअनुसार आफ्नो रणनीतिमा परिवर्तन गर्नुपर्छ । हामीले पनि अवश्य केहि परिवर्तन गर्नेछौं ।’
‘यसपटक हामीसँग नेयमार छैनन् । तर इतिहास हेर्ने हो भने हामीले यसअघि पनि यस्तो समस्या भोगेका छौं । दबाबको समयमा हामीले मैदानमा खेलाडी परिवर्तन गर्नेछौं । तर हामीले अब यहाँबाट टोली परिवर्तन गर्ने छैनौं ।’
‘ड्यानीलो र नेयमारले आफूले सकेको खेले । ड्यानिलोले त चोटका बाबजुद खेले, मैले उनलाई परिवर्तन नगरेर गल्ती गरेकै हो । हाम्रो ५ खेलाडी परिवर्तन भइसकेको थियो र ड्यानिलोले अन्त्यसम्म साथ दिए । उनले जे गरे, त्यो फुटबल र नतिजाभन्दा माथि थियो ।’
‘मलाई विश्वास छ नेयमार र ड्यानिलोले विश्वकपमा खेल्नेछन् । स्वास्थ्य स्थिति हेर्दा मैले धेरै भन्न सक्दिन । तर हामीले लगातार हाम्रो स्वास्थ्य टोलीसँग छलफल गरेका छौं । चांडो भन्दा चांडो प्रशिक्षणमा फर्केर तयार हुने अपेक्षा छ ।’
‘नेयमार घाइते भएपनि अन्य खेलाडी छन् । याद राख्नुस हामीसँग २६ खेलाडी छन् । टोलीमा सबैको महत्त्व छ ।’
‘हो म मान्छु नेयमार उत्कृष्ट खेलाडी हुन् । तर ब्राजिल उनीमा मात्र भर परेको छैन । हामीले तयारी गर्दा पनि त्यो अनुसार नै गरेका छौं । सबै खेलाडीको खेल्ने शैली फरक हुन्छ । तर नेयमारको अनुपस्थितिमा उक्त भूमिकामा खेल्न अन्य खेलाडी तयार छन् ।’
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]