default_image

3 years ago

November 28, 2022

पोर्चुगल र उरुग्वे भिड्दै

296 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (सोमबार) समूह ‘एच’ को खेलमा पोर्चुगलले उरुग्वेसँग खेल्दैछ । पोर्चुगल र उरुग्वेबीचको खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजे सुरु हुनेछ ।

पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहँदा उरुग्वे पहिलो जित निकाल्ने लक्ष्यमा छ । पोर्चुगलले पहिलो खेलमा घानालाई हराउँदा उरुग्वे दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

आठौंपटक विश्वकप खेलिरहेको पोर्चुगलको सबैभन्दा राम्रो नतिजा सन् १९६६ मा तेस्रो हुनु नै सबैभन्दा उतकृष्ट नतिजा हो । त्यसपछि पोर्चुगल सन् २००६ मा सेमिफाइनलमा पुगेको थियो । त्यसयता पोर्चुगलले प्रि–क्वाटरफाइनल पार गर्न सकेको छ ।

टोलीसँग पाँच पटक विश्वकप खेलेका र लगातार पाँचै संस्करणमा गोल गरिसकेका भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोको साथ रहेको छ ।

यसबाहेक टोलीसँग ब्रुनो फर्नान्डेस, डिओगो कोस्टा, रुई प्याट्रिसियो, जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा, एन्टोनियो सिल्भा, विलियम कार्भाल्हो, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा, भिटिन्हा, जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस र आन्द्रे सिल्भा रहेका छन् ।

यता, पहिलो खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिएको उरुग्वे पनि पोर्चुगललाई हराउँदै समूहमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । यस खेलमा जित निकाल्न सके उरुग्वेको समूह चरण पार गर्ने सम्भावना बलियो रहन्छ । बराबरी या हारले टोलीको अघिल्लो चरणको यात्रा अरु खेलको नतिजामा भर पर्नुपर्नेछ ।

१४औं पटक विश्वकप खेलिरहेको दुई पटकको च्याम्पियन उरुग्वे त्यसयता सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन । उरुग्वे पछिल्लोपटक २०१० मा सेमिफाइनलमा पुग्दा २०१८ मा क्वाटरफाइनलमा पुगेको थियो ।

टोलीसँग भेट्रान फरवार्ड लुइस सुआरेजसँगै एडिन्सन काभानी, डार्विन न्युनेज, म्याक्सिमिलियन गोमेज, सर्जियो रोसे, फर्नान्डो मुस्लेरा, डिएगो गोडीन, जोसे मारिया जिमिनेज, रोनाल्ड अराउजो, माथिअस ओलिभिएरा, जोसे लुइस रोड्रीग्वेज, माटीयास भिना, फेडे भालभेर्डे, रोड्रीगो बेन्टान्कुर, निकोलस डे ला क्रुज, फाकुन्डो पेलिस्त्री, फाकुन्डो टोरेस र अगुस्टिन कनोबियो रहेका छन् ।

यि दुई टोलीले हालसम्म तीनपटक प्रतिस्पर्धा गरेको छ । तीन खेलमा दुवै टोलीले समान एक जित, बराबरी र हारको नतिजा निकालेको छ । यि दुई टोलीले पछिल्लोपटक सन् २०१८ को विश्वकपमा प्रि–क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दा उरुग्वे २–१ ले विजयी भएको थियो । त्यसबेला गोल गरेका एडिन्सन काभानी अहिले पनि उरुग्वको टोलीमा तथा पेपे पोर्चुगलको टोलीमा रहेका छन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.