default_image

3 years ago

November 28, 2022

लगातार दुई गोलमा सर्बियालाई अग्रता

136 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को खेलमा सर्बियाले क्यामरुनविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । इन्ज्युरी समयमा दुई गोल गर्दै सर्बियाले २-१ को अग्रता लिएको हो ।

क्यामरुनका लागि खेलको २९ औं मिनेटमा जान चार्ल्स कास्टेलेटोले सुरुवाती गोल गरे । उनले कर्नरमा आएको बल निअर पोस्टमा फ्लिक भएपछि फार पोस्टमा सहजै गोल गरे । सर्बियाका सबै डिफेन्डर एकैतर्फ व्यस्त हुँदा अन्मार्क रहेका कास्टेलेटोले सहजै गोल गरेका थिए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा सर्बियाले बराबरी गोल फर्कायो । कप्तान डुसान टाडिचको फ्रिकिकमा स्ट्राहिना पाभ्लोभिचले गोल गरे । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको हेडर गोलरक्षक डेविस एपासीले बचाउने कुनै अवसर पाएनन् ।

बराबरी गोल फर्काएको दुई मिनेटमै सर्बियाले अग्रता लियो । यसपटक सर्गे मिलिन्कोभिच साभिचले गोल गर्दै युरोपेली टोलीलाई अघि बढाए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एपासीको हातमा लाग्दै गोल भएको थियो ।

यस समूहमा ब्राजिल र स्विटजरल्यान्डको ३-३ अंक छ । सर्बिया र क्यामरुन पहिलो अंक जोड्न प्रयासरत छन् । आजै रातको ९:४५ बजे हुने खेलमा ब्राजिलले स्विटजरल्यान्डको सामना गर्दैछ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.