default_image

3 years ago

November 28, 2022

सर्बिया र क्यामरुनले गोलवर्षा गर्दै अंक बाँडे

259 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को खेलमा क्यामरुन र सर्बियाले पहिलो अंक जोड्ने क्रममा बराबरी खेलेका छन् । गोलको वर्षा भएको खेलमा दुवै टोलीले अग्रता बचाउन नसक्दा खेल ३-३ को बराबरीमा सकियो ।

अल जनौब रंगशालामा पहिलो हाफको मध्यतिर अग्रता क्यामरुनले सुरुवाती अग्रता लिएको थियो । तर इन्ज्युरी समयको दुई मिनेट अन्तरमा दुई गोल गर्दै सर्बिया हाफ टाइममा अग्रता लिन सफल भयो । दोस्रो हाफको सुरुवातमै सर्बियाले अग्रता बढाउँदै जिततर्फ अग्रसर रहेको थियो ।

तर डिफेन्समा गल्ती गर्दा युरोपेली टोलीले अग्रता जोगाउन सकेन । क्यामरुनका लागि वैकल्पिक फरवार्ड भिन्सेन्ट अबुबकारको उच्च प्रदर्शनमा क्यामरुन खेलमा फर्कियो । अफसाइड ट्रयाप बिट गर्दै २ मिनेटको अन्तरमा लगातार २ गोल फर्काउँदै क्यामरुनले खेल बराबरीमा ल्यायो ।

क्यामरुनका लागि खेलको २९ औं मिनेटमा जान चार्ल्स कास्टेलेटोले सुरुवाती गोल गरे । उनले कर्नरमा आएको बल निअर पोस्टमा फ्लिक भएपछि फार पोस्टमा सहजै गोल गरे । सर्बियाका सबै डिफेन्डर एकैतर्फ व्यस्त हुँदा अन्मार्क रहेका कास्टेलेटोले सहजै गोल गरेका थिए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा सर्बियाले बराबरी गोल फर्कायो । कप्तान डुसान टाडिचको फ्रिकिकमा स्ट्राहिना पाभ्लोभिचले गोल गरे । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको हेडर गोलरक्षक डेविस एपासीले बचाउने कुनै अवसर पाएनन् ।

बराबरी गोल फर्काएको दुई मिनेटमै सर्बियाले अग्रता लियो । यसपटक सर्गे मिलिन्कोभिच साभिचले गोल गर्दै युरोपेली टोलीलाई अघि बढाए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एपासीको हातमा लाग्दै गोल भएको थियो ।

दोस्रो हाफको ५३ औं मिनेटमा सर्बियाले अग्रता दोब्बर पार्यो । जिभ्कोभिचकै पासमा एलेक्जेन्डर मित्रोभिचले गोल गर्दै जिततर्फ उन्मुख गराए । पेनाल्टी क्षेत्र भित्रबाट गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा मित्रोभिचले खाली पोस्टमा गोल गरेका थिए ।

तर ५५ औं मिनेटमा क्यामरुनले मार्टिन होंगलाको स्थानमा भिन्सेन्ट अबुबकारलाई मैदान प्रवेश गराएपछि खेलको रुप बदलियो । अबुबकारले ६० औं मिनेटमा गरेको प्रहार गोलरक्षक भान्जा मिलिन्कोभिच साभिचले विफल पारे ।

त्यसको तीन मिनेटपछि नै अबुबकारले अफसाइड ट्रयाप बिट गर्दै उत्कृष्ट गोल गरे । डिफेन्डरलाई छक्याएपछि गोलरक्षक भान्जालाई चिप गर्दै उनले सुन्दर गोल गरे । असिस्टेन्ट रेफ्रीले उक्त गोल अफसाइड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता दिएको थियो ।

अग्रता घटाएको २ मिनेटपछि नै क्यामरुनले बराबरी गोल फर्कायो । पुन: एकपटक अबुबकार नै गोलमा निर्णायक सावित भए । उनले अफसाइड ट्रयाप बिट गर्दै अघि बढाएको बल पेनाल्टी क्षेत्रभित्र पुगेपछि एरिक म्याक्सिम चुपो मोटीङलाई दिए । डिफेन्डर र गोलरक्षक बिट गर्दै अबुबकारले दिएको पासमा चुपो मोटीङले गोल गर्दै खेल बराबरीमा ल्याए ।

यस समूहमा ब्राजिल र स्विटजरल्यान्डको ३-३ अंक छ । सर्बिया र क्यामरुनले बराबरीका साथ १-१ अंक बाँड्दै खाता खोलेका छन् । आजै रातको ९:४५ बजे हुने खेलमा ब्राजिलले स्विटजरल्यान्डको सामना गर्दैछ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.