3 years ago
November 28, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच अन्तर्गत क्यामरुन र सर्बियाको खेल ३-३ को बराबरीमा सकियो । खेल सुरु हुनुअघि क्यामरुनले आफ्नो मुख्य गोलरक्षक आन्द्रे ओनानालाई टोलीबाहिर राख्यो । प्रशिक्षक रिगोबेर्ट संगका अनुसार ओनानालाई अनुशासन नदेखाएको कारण टोलीबाट बाहिर राखिएको हो ।

इटालियन क्लब इन्टर मिलानका गोलरक्षक ओनानाले पहिलो खेलमा सुरुवात गरेका थिए । स्विटजरल्यान्डविरुद्ध १-० को हारमा उनले पूरै ९० मिनेट मैदानमा बिताएका थिए । तर सर्बियाविरुद्ध भने उनलाई खेल सुरु हुनुअघि टोलीबाट बाहिर राखियो । खेलाडी सुचिमा पनि उनी बेन्चमा नरहेर अनुपस्थित देखाइएको थियो ।
खेलपछि बोल्दै प्रशिक्षक संगले टोलीको अनुशासन नमानेको कारण उनलाई बाहिर राखिएको जानकारी दिए । ‘ओनानालाई टिमबाट बाहिर राख्ने मेरो निर्णय हो । यसको जिम्मेवारी पनि म लिन्छु । मैले उनको खेल्ने क्षमताबारे प्रश्न गरको छैन । उनी युरोपको शीर्ष क्लबमा खेलिरहेका छन् । उनी राम्रा खेलाडी हुन् । तर टोलीको माग पनि हुन्छन् । हामीले अहिले नै उनीबारे निर्णय लिइसकेका छैनौं । यो निर्णय लिनुअघि उनको धारणा पनि बुझ्न जरुरी छ । हाललाई भने हामी छलफलपछि मात्र निर्णय गर्नेछौं,’ संगले भने ।
‘गोलरक्षकको पोजिसन महत्त्वपूर्ण छ । हामी कठिन प्रतियोगिता खेलिरहेका छौं । तर कसरि खेल्ने भन्ने र के गर्नुपर्छ भन्ने प्रशिक्षकलाई थाहा हुन्छ । आजको स्थितिमा मैले व्यक्ति भन्दापनि टिमको बारेमा सोच्नुपर्छ । हामीले त्यसो भन्दा आन्द्रेले टोली छोड्ने निर्णय लिए । हामीले पनि उनको निर्णय मान्यौं ।’

‘हामी एकसाथ यो प्रतियोगिता खेल्न आएका हौं । टिममा एकता, अनुशासन र सम्मान हुनुपर्छ । उनी राम्रो गोलरक्षक हुन् । तर हामीसँग अन्य खेलाडी पनि छन् । टोलीमा २६ खेलाडी छन् र अरु सबै तयार थिए । आज उनको स्थानमा खेलेका एपासी पनि राम्रो गोलरक्षक हुन् । उनले पनि राम्रो नै खेले ।’
‘हामी टिमको रुपमा रहेका छौं । टोलीमा आवश्यक परेको बेलामा माग अनुसारको जिम्मेवारी लिनुपर्छ । कुनै एक खेलाडीको लागि हाम्रो टोलीले आफ्नो स्थान परिवर्तन गर्ने होइन । खेलाडीले अनुशासन देखाउनुपर्छ । सम्मान गर्नुपर्छ । तर उनको फरक विचार थियो ।’
प्रशिक्षक संगले पहिलो खेलको तुलनामा सर्बियाविरुद्ध राम्रो प्रदर्शन गरेको बताए । ‘पहिलो खेलमा आजजस्तो खेल्न सकेनौं । तर आजको खेलमा सबैले डटेर खेले । हाम्रो चिनारी नै त्यहि हो, जुन पहिलो खेलमा देखिएको थिएन । अग्रता लिएपनि पहिलो हाफको अन्त्यतिर पछि पर्यौं । तर टोलीले खेलमा फर्कन जानेको छ भन्ने देखाएको छ,’ उनले थपे ।

संगका अनुसार ओनानाको बारेमा टोलीले धेरै सोच्ने छैन । ‘हामीले अब ब्राजिलविरुद्ध खेलको लागि ध्यान दिनेछौं । ओनानाको बारेमा धेरै सोच्नुपर्ने छैन । उनले टोलीको अनुशासन मान्छन् र सम्मान गर्छन् भने छलफल गर्नेछौं । के हुन्छ भन्नेमा उनको के भनाइ रहन्छ भन्ने पनि महत्त्वपूर्ण हुनेछ । हामी २६ खेलाडी छौं र अन्यले आफ्नो जिम्मेवारी बुझेका छन्,’ संगले टुंग्याए ।
यस समूहमा ब्राजिल र स्विटजरल्यान्डको ३-३ अंक छ । सर्बिया र क्यामरुनले बराबरीका साथ १-१ अंक बाँड्दै खाता खोलेका छन् । आजै रातको ९:४५ बजे हुने खेलमा ब्राजिलले स्विटजरल्यान्डको सामना गर्दैछ । अन्तिम चरणको खेलमा ब्राजिल र क्यामरुन तथा स्विटजरल्यान्ड र सर्बिया भिड्नेछन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]