default_image

3 years ago

November 28, 2022

पहिलो हाफमै घानालाई दुई गोलको अग्रता

211 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एचको खेलमा घानाले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ ।

काउन्टर अट्याकमा निकै बलियो आक्रमण बुनेको घानाले कोरियाको आक्रमणलाई रोक्दै अग्रता लिएको थियो । आक्रमण निर्माण र पेनाल्टी क्षेत्रभित्र कोरियाले आक्रमण गरेपनि फिनिसिङमा भने राम्रो प्रदर्शन गर्न सकेको छैन । जवाफमा घानाले भने काउन्टर अट्याकमा कोरियाली डिफेन्सलाई समस्या दिइरहेको छ ।

खेलको २४ औं मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुवाती अग्रता दिलाए । उनले ६ यार्ड बक्स भित्र क्लियर हुन नसकेको फ्रिकिकलाई गोलमा परिणत गरे । लगत्तै अर्कोतर्फ सनको प्रहारले घानाको डिफेन्स लाइन नै पार गर्न सकेन ।

३४ औं मिनेटमा घानाले अग्रता दोब्बर पार्यो । जोर्डन आयुको लामो पासमा मोहमद कुडुसले गोल गरे । फार पोस्टमा हेडरमार्फत गोल गर्दै उनले घानालाई २-० ले अघि बढाए ।

यस समूहमा पोर्चुगलको ३ अंक छ । कोरिया र उरुग्वेको १-१ तथा घानाले कुनै अंक जोडेको छैन । आज मध्यरातमा हुने खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.