default_image

9 years ago

December 26, 2016

साफ च्याम्पियनसिपमा नेपालको दमदार सुरुआत, भुटानविरुद्ध साबित्राको दोहोरो ह्याट्रिक

165 views

0 Bookmark

दिपेश तिमल्सिना

सिलिगुढी (भारत)– नेपालले अघिल्ला संस्करणमा जस्तै चौथो महिला साफ च्याम्पियनसिप फुटबलमा पनि दमदार सुरुआत गरेको छ ।

sabitra

कञ्चनजंगा रंगशालामा सोमबार भएको खेलमा साबित्रा भण्डारीको दोहोरो ह्याट्रिकसँगै नेपालले भुटानलाई ८–० ले हराउँदै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । भुटानविरुद्ध नेपालले अहिले सम्मका सबै सात अन्तर्राष्ट्रिय खेल जितेको छ । साफ च्याम्पियनसिपमा हरेक पटक उपविजेतामा चित्त बुझाउँदै आएको नेपाल यसपटक भारतको चुनौति पार गर्न सक्ला ? त्यसको लागि अझै केही दिनमा बन्ने समिकरण सम्म कुर्नु पर्ने हुन्छ ।

नेपालले सफल इतिहासलाई निरन्तरता दिदा खेलको सबैभन्दा केन्द्रमा रहिन् साबित्रा । उनी खेल भर छाइरहिन् । २२ मिनेट भित्रै पहिलो ह्याट्रिक पुरा गरेकी साबित्राले टोलीका ८ मध्ये ६ गोल गरेकी थिइन् । सावित्राले ५,९,२३, ३५,७२ र ७७ मिनेटमा गोल गरेर डबल ह्याट्रिक गरिन् । शर्मिला थापा र कृष्ण खत्री समान १ गोल गरे ।

sabitra

विपक्षी रक्षापक्तिलाइ विट गर्दै सावित्राले वान भर्सेस वानमा पहिलो गोल गरेकी थिइन् । नवौं मिनेटमा शर्मिलाको पासमा उनले अर्को गोल थपिन् । २३ औंं मिनेटमा कप्तान रेणुका नगरकोटीले मिलाइएको पासलाई सावित्राले गोल गर्दै ह्याट्रिक पुरा गरिन् । ३५ औं मिनेटमा सावित्राले फिल्क हेडमार्फत गोल गरिन् । ७२ औं मिनेटमा विपक्षी गोलकिपर बिट भएको अवस्थामा सावित्राको प्रहार गोलमा परिणत भएको थियो ।

७७ औं मिनेटमा दीपा अधिकारको कर्नरमा आएको बल विपक्षी गोलकिपरले समाउन खोज्दा फुत्केपछि सावित्राले गोल गर्दै दोहोरो ह्याट्रिक पुगरा गरेकी थिइन् । ९० औं मिनेटमा कृष्णले दिपाको क्रसमा गोल गरिन् । सावित्राले पहिलो ह्याट्रिक गरेको तीन मिनेटपछि शर्मिलाले गोल गरेका थिए ।

शर्मिलाले सावित्राकै क्रसमा गोल गरेकी हुन् । भुटानले ९० मिनेटमा दुई पटक मात्र नेपालको पोष्ट नजिक बल लगेको थियो । नेपाली टोलीका प्रशिक्षक कुमार थापाले टोलीले उच्च प्रदर्शन गरेको बताए । भुटानका प्रशिक्षक सुंग जि यालीले नेपाल बलियो टिम भएको उल्लेख गर्दै आफ्नो टोलीमा एक जना बाहेक सबै खेलाडी २० वर्ष कम रहेको बताए ।

नेपालले समूह चरणको अर्को खेल बुधबार माल्दिभ्ससँग खेल्नेछ । नेपाल रहेको समूह एमा श्रीलंका पनि छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.