3 years ago
November 28, 2022
सुबास हुमागाईं, कतार
फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच को खेलमा घानाले दक्षिण कोरियामाथि रोमान्चक जित दर्ता गरेको छ । एजुकेसन सिटी रंगशालामा सोमबार घानाले ३-२ को जित हासिल गरेको हो ।

पहिलो हाफमा नै दुई गोलको अग्रता लिएको घानाले दोस्रो हाफमा भने राम्रो सुरुवात गर्न सकेन । कोरियाले पहिलो हाफमा पाएको अवसर सदुपयोग नगर्दा घानाले काउन्टर अट्याक र सेट पिसमा गोल गरेको थियो ।
दोस्रो हाफमा भने दक्षिण कोरियाले विंग प्लेमै ध्यान दिँदै ३ मिनेटको अन्तरमा २ गोल गर्दै बराबरी गरेको थियो । तर घानाले पुन: कोरियाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै अग्रता लियो । अन्त्यतिर घानाका गोलरक्षकले सुन्दर बचाउ गर्दै टोलीको जित पक्का गरे । पहिलो खेलमा पोर्चुगलसँग पराजित घानाको यो पहिलो जित हो ।
खेलको २४ औं मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुवाती अग्रता दिलाए । उनले ६ यार्ड बक्स भित्र क्लियर हुन नसकेको फ्रिकिकलाई गोलमा परिणत गरे । लगत्तै अर्कोतर्फ सनको प्रहारले घानाको डिफेन्स लाइन नै पार गर्न सकेन ।
३४ औं मिनेटमा घानाले अग्रता दोब्बर पार्यो । जोर्डन आयुको लामो पासमा मोहमद कुडुसले गोल गरे । फार पोस्टमा हेडरमार्फत गोल गर्दै उनले घानालाई २-० ले अघि बढाए ।

५३ औं मिनेटमा चो ग्युसुङको हेडरमा घानाका गोलरक्षक लरेन्स एटी जिगीले उत्कृष्ट बचाउ गरे । तर ग्युसुङले तीन मिनेटको अन्तरमा दुई हेडर गोल गर्दै कोरियालाई बराबरीमा ल्याए ।
५८ औं मिनेटमा कांग इन लीको क्रसमा उनले डाइभ गर्दै हेडर मार्फत गोल गरे । तीन मिनेटपछि नै ग्युसुङले कोरियालाई बराबरीमा ल्याए । जिन सु किमको क्रसमा उनले घानाका तीन डिफेन्डरको पछाडीबाट उत्कृष्ट जम्प हेडरमार्फत बराबरी गोल फर्काए ।
६८ औं मिनेटमा कुडुसले व्यक्तिगत दोस्रो गोल गर्दै घानालाई पुन: अग्रता दिलाए । गिडेओन मेन्साहले बायाँ विंगबाट दिएको क्रसमा इनाकी विलियम्स ६ यार्ड बक्सनजिक प्रहार गर्नबाट चुके । तर फार पोस्टमा अनमार्क रहेका कुडुसले बल नियन्त्रणमा लिँदै सुन्दर फिनिस गरे ।
७५ औं मिनेटमा गोलरक्षक जिगीले कांग इन लीको फ्रिकीकमा उत्कृष्ट बचाउ गर्दै घानाको अग्रता कायम राखे । लीले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकलाई उनले बायाँतर्फ डाइभ दिँदै विफल पारेका थिए । इन्ज्युरी समयको दोस्रो मिनेटमा जिगीले पुन: एकपटक ग्युसुङको शक्तिशाली प्रहारलाई विफल पार्दै अग्रता जोगाए ।
यस जितसँगै घाना ३ अंक जोड्न सफल भएको छ । यस समूहमा पोर्चुगलको ३ अंक तथा उरुग्वे र दक्षिण कोरियाको १-१ अंक छ । आज मध्यरातमा पोर्चुगल र उरुग्वेबीच खेल हुनेछ । अन्तिम चरणको खेलमा घाना र उरुग्वे तथा दक्षिण कोरिया र पोर्चुगल भिड्नेछन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]