default_image

3 years ago

November 28, 2022

क्यासेमिरोको गोलमा ब्राजिलको दोस्रो जित

327 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को खेलमा ब्राजिलले दोस्रो खेलमा स्विटजरल्यान्डलाई पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ ।

सोमबार रंगशाला ९७४ मा ब्राजिलले १-० को जित दर्ता गर्ने क्रममा क्यासेमिरोको गोल निर्णायक सावित भयो । पहिलो हाफमा ब्राजिलको लगातार आक्रमणमा गोलरक्षक यान सोमर बाधक बनेका थिए । दोस्रो हाफमा भिनीसियसले गरेको गोल भीएआरले मान्यता नदिँदा ब्राजिल बराबरीमा रोकिने देखिएको थियो । तर अन्तिम समयमा क्यासेमिरोले उत्कृष्ट गोल गर्दै ब्राजिललाई लगातार दोस्रो जित दिलाए ।

२७ औं मिनेटमा ब्राजिलको अग्रतासामु गोलरक्षक यान सोमर बाधक बने । राफिन्हाले दिएको बलमा भिनीसियसको सुन्दर प्रहारलाई सोमरले उत्कृष्ट बचाउ गरे । ३१ औं मिनेटमा राफिन्हाको प्रहारमा पुन: सोमरले सहज बचाउ गरे ।

६५ औं मिनेटमा भिनिसियस जुनिअरले गोल गरेपनि त्यसले भिडियो असिस्टेन्ट रेफ्रीको मान्यता पाउन सकेन । गोल निर्माण हुने मुभमा ब्राजिलका फरवार्ड अफसाइड देखिएपछि रेफ्रीले गोललाई मान्यता दिएनन् ।

८३ औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र रोड्रीगोले दिएको पासलाई पहिलो टचमै गोलको दिशा दिए । क्यासेमिरोको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदा गोलरक्षक सोमरले बचाउने कुनै अवसर पाएनन् ।

इन्ज्युरी समयमा ब्राजिलले अग्रता बढाउने अवसर पाएको थियो । तर रोड्रीगोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई स्विस डिफेन्डरले बाहिर पठाए ।

यसअघि समूह जी कै खेलमा क्यामरुन र सर्बियाले ३-३ को बराबरी खेलेका थिए । दुवै टोलीले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्नुपरेको थियो ।

ब्राजिल यस जितसँगै २ खेलमा ६ अंकसाथ समूहको शीर्षस्थानमा उक्लिएको छ । स्विटजरल्यान्डको ३ अंक छ भने सर्बिया र क्यामरुनले १-१ अंक जोडेका छन् । अब अन्तिम चरणको खेलमा क्यामरुनले ब्राजिल र सर्बियाले स्विटजरल्यान्डको सामना गर्नेछ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.