default_image

3 years ago

November 28, 2022

ब्राजिल नकआउट चरण पुग्ने दोस्रो टोली

408 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिल लगातार दोस्रो जित दर्ता गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । समूहको अन्तिम खेल बाँकी रहँदै नकआउट चरण पुग्ने ब्राजिल दोस्रो टोली हो ।

ब्राजिलले पहिलो खेलमा सर्बियालाई २-० ले पराजित गरेको थियो । उक्त खेलमा रिचार्लीसनले दुई गोल गर्दै ब्राजिललाई जितसम्म डोर्याएका थिए । ब्राजिलले सोमबार दोस्रो खेलमा स्विटजरल्यान्डलाई १-० ले पराजित गर्दै दोस्रो जित दर्ता गर्यो । क्यासेमिरोले ८३ औं मिनेटमा गोल गर्दै ब्राजिललाई जित दिलाएका थिए ।

समूह जी मा ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ । यस समूहमा स्विटजरल्यान्डले २ खेलमा ३ अंक जोड्दा क्यामरुन र सर्बियाको १-१ अंक छ । यसअघि स्विटजरल्यान्डले पहिलो खेलमा क्यामरुनलाई १-० ले हराएको थियो । त्यस्तै सोमबार नै सर्बिया र क्यामरुनको खेल ३-३ को बराबरीमा सकिएको थियो ।

ब्राजिलभन्दा अघि समूह डी बाट फ्रान्सले विश्वकपको नकआउट चरणमा स्थान पक्का गरिसकेको थियो । फ्रान्सले पहिलो खेलमा अष्ट्रेलियालाई ४-१ ले हराएको थियो । दोस्रो खेलमा डेनमार्कलाई २-१ ले हराउँदै फ्रान्स लगातार दुई जितका साथ नकआउट चरणमा प्रवेश गरेको थियो ।

यस समूहमा फ्रान्सले २ खेलमा ६ अंक जोड्दा अष्ट्रेलियाको २ खेलमा ३ अंक छ । डेनमार्क र ट्युनिसियाको १-१ अंक छ । पहिलो खेलमा डेनमार्क र ट्युनिसियाको खेल बराबरीमा सकिएको थियो । त्यस्तै अष्ट्रेलियाले दोस्रो खेलमा ट्युनिसियालाई १-० ले हराउँदै जित निकालेको थियो ।

प्रतियोगिताको समूह चरणबाट भने हालसम्म कतार र क्यानडा मात्र बाहिरिएका छन् । दुवै टोलीले सुरुवाती दुई खेलमा हार बेहोरेका हुन् । कतार पहिलो खेलमा इक्वेडरसँग २-० र दोस्रोमा सेनेगलसँग ३-१ ले पराजित भएको थियो । क्यानडाले बेल्जियमसँग १-० र क्रोएसियासँग ४-१ को हार बेहोरेको थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.