default_image

3 years ago

November 29, 2022

पोर्चुगल र उरुग्वे पहिलो हाफमा गोलरहित

269 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत पोर्चुगल र उरुग्वे समूहको दोस्रो खेलमा भिड्दैछन् । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ ।

दुवै टोलीले पहिलो हाफमा गोलको अवसर सिर्जना गरेका थिए । मिडफिल्डमै बल बढि व्यस्त रहेको खेलमा उरुग्वेले केहि कम बल पोसेसन राखेको छ । तर काउन्टर अट्याकमा भने खतरा बुनिरहेको छ । गोलरक्षक डिअ‍ोगो कोस्टाले पोर्चुगललाई एक खतराबाट भने जोगाए ।

खेलको तेस्रो मिनेटमै पोर्चुगलले पोस्टमा आक्रमण गर्ने अवसर पाएको थियो । रोनाल्डोले छातीले दिएको पासमा विलियम कार्भाल्होले पेनाल्टी क्षेत्र भित्रबाट भली प्रहार पोस्टभन्दा निकै माथिबाट गएको थियो ।

खेलको ३२ अ‍ौं मिनेटमा उरुग्वेले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । रोड्रीगो बेन्टान्कुरले मिडफिल्डबाट एक्लै बल बढाउँदै पोर्चुगलको डिफेन्स लाइन बिट गरे । उत्कृष्ट बल नियन्त्रण गर्दै पेनाल्टी क्षेत्र भित्रबाट वन भर्सेस वनको स्थितिमा उनको प्रहार गोलरक्षक डिअ‍ोगो कोस्टाले बचाए ।

यस समूह अन्तर्गत आजै भएको खेलमा घानाले दक्षिण कोरियालाई ३-२ ले पराजित गरेको थियो । हालसम्म पोर्चुगल र घाना ३-३ अंक तथा उरुग्वे र कोरिया १-१ अंकमा छन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.