3 years ago
November 29, 2022
कतार (हाम्रो खेलकुद) – पोर्चुगल लगातार दोस्रो जितका साथ फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

सोमबार लुसले रंगशालामा ब्रुनो फर्नान्डेसको दुई गोलमा उरुग्वेलाई २-० ले पराजित गर्दै पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर पाएका थिए ।
तुलनात्मक रूपमा आक्रमणमा बढि व्यस्त देखिएपनि उरुग्वेले अवसर सदुपयोग गर्न सकेन । बल पोसेसनमा सहज देखिएको पोर्चुगलविरुद्ध उरुग्वे काउन्टर अट्याकमा समस्या दिन सफल भएको थियो । खेलमा १-० ले पछाडी परेपछि आक्रमणमा जोड दिएपनि उरुग्वेले बराबरी गोल फर्काउन सकेन । इन्ज्युरी समयमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको तेस्रो मिनेटमै पोर्चुगलले पोस्टमा आक्रमण गर्ने अवसर पाएको थियो । रोनाल्डोले छातीले दिएको पासमा विलियम कार्भाल्होले पेनाल्टी क्षेत्र भित्रबाट भली प्रहार पोस्टभन्दा निकै माथिबाट गएको थियो ।

खेलको ३२ अौं मिनेटमा उरुग्वेले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । रोड्रीगो बेन्टान्कुरले मिडफिल्डबाट एक्लै बल बढाउँदै पोर्चुगलको डिफेन्स लाइन बिट गरे । उत्कृष्ट बल नियन्त्रण गर्दै पेनाल्टी क्षेत्र भित्रबाट वन भर्सेस वनको स्थितिमा उनको प्रहार गोलरक्षक डिअोगो कोस्टाले बचाए ।
दोस्रो हाफको ५४ अौं मिनेटमा पोर्चुगलले अग्रता लियो । ब्रुनो फर्नान्डेसले पेनाल्टी क्षेत्र बाहिरबाट रोनाल्डोतर्फ दिएको लामो पास गोलमा परिणत भएको थियो । रोनाल्डो हेडरका लागि उफ्रेको अवस्थामा गोलरक्षक सर्जियो रोसेटले बलको दिशा बुझ्न नसक्दा गोल सम्भव भएको थियो ।
७५ अौं मिनेटमा उरुग्वेका म्याक्सी गोमेजको प्रहारमा गोलरक्षक कोस्टा बाधक बने । लगत्तै फ्रिकिकमा आएको रिबाउन्डमा लुइस सुआरेज बललाई पोस्टको दिशा दिनबाट चुके । त्यसको एक मिनेट नबित्दै फेडे भालभर्डेको पासमा जिअर्जिअन डे आरासेटाको चिप प्रहार कोस्टाले दोस्रो प्रयासमा जोगाए ।
इन्ज्युरी समयको पहिलो मिनेटमा पोर्चुगलका लागि ब्रुनोले पेनाल्टीमा दोस्रो गोल गरे । भिडियो एसिसेन्ट रेफ्रीले उरुग्वेको बक्सभित्र ह्यान्ड भएको निर्णय लिएपछि प्राप्त पेनाल्टीमा ब्रुनो गोल गर्न सफल भए । इन्ज्युरी समयको अन्त्यतिर ब्रुनोको ह्याट्रिक प्रयासमा गोलरक्षक र पोस्ट बाधक बने । उनको पहिलो प्रहार गोलरक्षक रोसेटले विफल पारे । लगत्तै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।
यस समूह अन्तर्गत आजै भएको खेलमा घानाले दक्षिण कोरियालाई ३-२ ले पराजित गरेको थियो ।
यस नतिजासँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जितसँगै ६ अंक जोडेको पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको छ । घानाको ३ अंक छ भने उरुग्वे र दक्षिण कोरियाको १-१ अंक छ । अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरिया र घानाले उरुग्वेको सामना गर्नेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]