3 years ago
November 29, 2022
कतार (हाम्रो खेलकुद) – ब्रुनो फर्नान्डेसको दुई गोलमा पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै फिफा विश्वकप कतार २०२२ मा दोस्रो जित दर्ता गर्यो । समूह एच को शीर्षस्थानमा उक्लेको पोर्चुगलले नकआउट चरणमा स्थान पनि पक्का गर्यो ।

उरुग्वेविरुद्ध खेलमा पोर्चुगलका लागि सुरुवाती अग्रता ब्रुनो फर्नान्डेसले दिलाएका थिए । तर उनको गोलको चर्चामा क्रिस्टियानो रोनाल्डोको नाम जोडियो । कारण सुरुवातमा गोलका लागि रोनाल्डोले खुसियाली मनाएका थिए । तर फिफाले रिभ्यु गर्दै गोलमा रोनाल्डोले नछोएको र ब्रुनोको गोल भएको निर्णय दियो ।
खेलपछि बोल्दै प्रशिक्षक फर्नान्डो सान्तोसले आफूलाई जसले गोल गरेपनि मतलब नहुने बताए । ‘हाम्रो टिमले राम्रो प्रदर्शन गर्यो । लगातार जित निकाल्दै अघि बढेका छौं । अबको ध्यान अर्को खेलमा हुनेछ । गोल कसले गर्यो भन्नेमा मलाई मतलब छैन,’ सान्तोसले हाँस्दै भने ।
प्रशिक्षक सान्तोसले ब्रुनो र रोनाल्डो मात्र नभएर खेलमा अन्य खेलाडीको पनि उत्तिकै योगदान रहेको बताए । ‘ब्रुनो राम्रा खेलाडी हुन् । उनले गोल गरे र हामी जित्यौं । तर खेलमा सबैको योगदान हुन्छ । गोलरक्षक कोस्टाले दुई उत्कृष्ट बचाउ गरे, उनको पनि महत्त्व छ । सबैले एकजुट भएर खेलेको हो,’ उनले थपे ।
पोर्चुगल समूह चरणबाट पार हुने पक्का भइसकेको छ । अन्तिम खेलमा दक्षिण कोरियाका लागि कस्तो टोली छनोट हुन्छ भन्ने प्रश्नमा सान्तोसले बलियो टोली नै उतार्ने बताए । ‘हामी अर्को चरणमा पुगेका छौं तर अझैपनि शीर्षस्थान पक्का भएको छैन । हामी शीर्षस्थानमा नै रहन चाहन्छौं र त्यसै अनुसार अर्को खेलको लागि तयारी हुनेछ । एक दुई खेलाडी परिवर्तन गर्ने सम्भावना हुन्छ तर दोस्रो रोजाइ भन्ने हुँदैन,’ उनले भने ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]