default_image

3 years ago

November 29, 2022

विश्वकपमा आज चार खेल

342 views

0 Bookmark

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (मंगलबार) देखि समूह चरणको अन्तिम खेलहरुमा प्रतिस्पर्धा हुँदैछ ।

आज मंगलबार समूह ‘ए’ र समूह ‘बी’ काे अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुनेछ । नतिजामा प्रभाव पर्ने सम्भावना कारण हरेक समूहका तेस्राे तथा अन्तिम खेल एकै समयमा गरिने प्रावधान छ। समूह ‘ए’ मा रहेको नेदरल्याण्ड्स र कतार तथा इक्वेडर र सेनेगलबीचको खेल राति ८ः४५ बजे हुनेछ ।

यस समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै बाहिरिसकेको छ । बाँकी तीन टिम नेदरल्यान्ड्स, इक्वेडर र सेनेगलमध्ये दुई टिम नकआउट चरणमा पुग्नेछन् ।

नेदरल्याण्ड्स र इक्वेडरको समान ४ अंक छ । अपराजित दुवै समूह विजेता बन्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ । यस्तै सेनेगल ३ अंकसहित शीर्षमा छ । कतार अंकविहीन छ ।

नेदरल्याण्ड्स र इक्वेडर आफ्नो खेलमा बराबरीको नतिजा ल्याएपनि अन्तिम १६ मा पुग्नेछन् । सेनेगलका लागि अन्तिम १६ मा पुग्न इक्वेडरलाई हराउनै पर्नेछ । कतार पनि आफ्नो अन्तिम खेललाई सुखद् बनाउन चाहन्छ । नेदरल्यान्ड्स बराबरीमा रोकिदा इक्वेडर र सेनेगलमा जित्ने टोली समूह विजेता बन्नेछ ।

यस्तै समूह बी मा रहेको इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीचको खेल राति १२ः४५ बजे हुनेछ । यस समूहबाट सबै चारै टोलीको नकआउट चरण पुग्ने सम्भाावना छ । यद्यपि तुलनात्मक रुपमा इंग्ल्याण्ड र इरानको सम्भावना अलि बढी छ । इंग्ल्यान्डको ४, इरानको ३, अमेरिकाको २ र वेल्सको १ अंक छ ।

इंग्ल्याण्डलाई नकआउट चरण पुग्न वेल्ससँग बराबरी गरेपनि पर्याप्त हुनेछ । वेल्सलाई पराजित गरेमा इंग्लयाण्ड समूह विजेता नै बन्नेछ । वेल्सका लागि भने इंग्ल्याण्डलाई हराउनुको विकल्प छैन र अर्को खेल खेलको नतिजा पनि आफू अनुकल आउनुपर्नेछ ।

यस्तै अमेरिकालाई पराजित गरे इरान नकआउट चरणमा पुग्नेछ । इंग्ल्याण्ड र वेल्सको खेल बराबरीमा सकिएमा इरानले अमेरिकासँग हार भोगेपनि नकआउट चरणमा पुग्नेछ । अमेरिकाले भने नकआउट चरणमा पुग्न इरानलाई पराजित गर्नुपर्नेछ ।

समूह चरणको दोस्रो राउन्डको खेल सकिदा तीन टोली (फ्रान्स, ब्राजिल र पोर्चुगल) ले नकआउट चरणको यात्रा तय गर्दा आयोजक कतार र क्यानडा यस विश्वकपबाट बाहिरिने टोली बनेको छ ।

मंगलबार हुने खेल
इक्वेडरविरुद्ध सेनेगल (राति ८ः४५ बजे)
नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८ः४५ बजे)
वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२ः४५ बजे)
इरानविरुद्ध अमेरिका (राति १२ः४५ बजे)

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.