3 years ago
November 29, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (मंगलबार) समूह चरण ‘ए’ र ‘बी’ का अन्तिम राउन्डमा प्रतिस्पर्धा हुँदा इक्वेडर र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा राति ८ः४५ बजेपछि हुनेछ । यस समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै बाहिरिसकेको छ । बाँकी तीन टिम नेदरल्यान्ड्स, इक्वेडर र सेनेगलमध्ये दुई टिम नकआउट चरणमा पुग्नेछन् ।
नकआउट चरणमा पुग्न यि इक्वेडरलाई बराबरी पर्याप्त रहँदा सेनेगललाई जितको खाँचो छ । सेनेगलका लागि अन्तिम १६ मा पुग्न इक्वेडरलाई हराउनै पर्नेछ । त्यसैले सेनेगल आफ्नो सम्पूर्ण शक्ति इक्वेडरविरुद्धको खेलमा पस्कनेछ ।
सेनेगलविरुद्ध स्पष्ट नतिजा निकाल्दै इक्वेडर समूहमा अपराजित रहन चहान्छ । टोलीसँग लयमा रहेका अनुभवी तथा भेट्रान फरवार्ड एनर भ्यालेन्सियाको साथ रहेको छ । उनले यस विश्वकपमा दुई खेलमा तीन गोल गरिसकेका छन् ।
यस्तै टोलीसँग हर्नान गालिन्डेज, पिएरो हिनकापी, रोबर्ट अर्बोलेडा, पर्भिस एस्टुपिनान, एन्जेलो प्रेसियाडो, ज्याक्सन पोरोजो, फेलिक्स टोरेस, कार्लोस ग्रुजो, जोस सिफुएन्ट, मोइसेस काइसेडो, एन्जल मेना, जेरेमी सार्मिएन्टो, एर्टन प्रेसियाडो, गोन्जालो प्लाटा, केभिन रोड्रिग्वेज र माइकल एस्ट्राडा रहेका छन् ।
यता, सेनेगल पनि इक्वेडरलाई हराउँदै समूह चरण पार गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग एडुआर्ड मेन्डी, बौना सार, सालिउ सीस, कालिडु कौलिबली, पापे अबोउ सिसे, अब्दोउ डियालो, इब्राहिमा एम्बाय, पापे माटर सार, पापे गेये, नाम्प्लेस मेन्डी, इड्रीसा गाना गेये. मुस्तफा नामे, लोउम एनडीआए, जोसेफ लोपी, इस्माइला सार, बाम्बा डीएङ, केइटा बाल्डे, हबिब डियालो, बोउलाए डिया, फामारा डीएधिउ र मामे बाबे थिआम रहेका छन् ।
यि दुई टोली दोस्रोपटक खेल्न लागेको हो । सन् २००२ मा भएको मैत्रीपूर्ण खेलमा सेनेगल १–० ले विजयी भएको थियो । यो समूहमा नेदरल्यान्ड्स र इक्वेडरको समान ४ अंक छ । सेनेगलको ३ तथा कतार अंकविहीन छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]