3 years ago
November 29, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज मंगलबार आयोजक कतारले बलियो नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछ ।

खेल अल बायातमा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यही समयमा यही समूहको अर्काे खेलमा इक्वेडर सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । नकआउट चरणमा पुग्न यि इक्वेडरलाई बराबरी पर्याप्त रहँदा सेनेगललाई जितको खाँचो छ । नेदरल्यान्ड्स बराबरीमा रोकिदा इक्वेडर र सेनेगलमा जित्ने टोली समूह विजेता बन्नेछ ।
समूह चरणबाट बाहिरिसकेको कतार अर्थहीन खेलमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै आफ्नो अन्तिम खेललाई सुखद् बनाउन चाहन्छ ।
कतारसँग युसेफ हसन, पेड्रो मिगुएल, मुसाब खिदिर, तारेक सलमान, बसम अल रावी, बोउलेम खाउखी, अब्देल करिम हसन, होमाम अहमद, जसम गाबेर, अली असद, असिम मोदीबो, मोहम्मद वाद, सलेम अल हजरी, मुस्तफा तारेक, करिम बौदियाफ, अब्देलाजिज हातिम, स्माइल मोहम्मद, नाइफ अल्धरामी, अहमद अलाउल्डिन, हसन अल हेडोस, खालिद मुनिर, अक्रम अफिफ, अल्मोज अली र मोहम्मद मुन्तारी रहेका छन् ।
नेदरल्यान्ड्सलाई अघिल्लो चरण पुग्न बराबरी नै पर्याप्त रहेपनि टोली जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । नेदरल्यान्ड्सको बराबरी या हारले अर्काे खेलमा स्पष्ट नतिजा निकाल्ने टोली समूह विजेता बन्नेछ । यसै समूहको अर्को खेलमा इक्वेडरले सेनेगललाई हराएमा नेदरल्यान्ड्स जुनसुकै नतिजामा पनि अर्को चरण पुग्नेछ । कतारसँग पराजित भएको अवस्थामा अर्काे खेलमा सेनेगलले जितेमा नेदरल्यान्ड्सको बाहिरिने सम्भावना रहन्छ ।
यता, नेदरल्यान्ड्सँग एन्द्रिज नोपर्ट, नाथन आके, डेली ब्लिन्ड, भर्र्जिल भान डाइक, डेन्जेल डम्फ्रिज, जेरेमी फ्रिमपोङ, म्याथिस डे लिग्ट, टिरेल मालासिया, जुरिएन टिम्बर, स्टेफान डे भ्रिज, स्टिभन बर्घिअस, फ्रेन्की डे जोङ, डाभी क्लासेन, तिउन कुप्मेनर्स, मार्टेन डे रुन, जाभी सिमोन्स, केनेथ टेलर, स्टिभन बर्गवाइन, मेफिस डिपाए, कोडी गाक्पो, भिन्सेन्ट जानसन, लुक डे जोङ, नोअ लांग, र वुट वेघस्र्ट रहेका छन् ।
नेदरल्यान्ड्स विश्वकप इतिहासमा अभाग्यशाली टिमको रुपमा रहेको छ । तीनपल्ट फाइनलमा पुगेर पनि च्याम्पियन बन्न सकेको छैन । डच टिम सन् १९७४ मा पश्चिम जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् २०१० मा स्पेनसँग फाइनलमा पराजित भएको थियो । सन् २०१४ मा भने नेदरल्यान्ड्स तेस्रो भएको थियो । यि दुई टोली कुनै पनि खेलमा पहिलोपटक आमान–सामाने हुन लागेको हो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]