3 years ago
November 29, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ को समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले वेल्ससँग खेल्दैछ । खेल राति १२ः४५ बजेपछि अहमेद विन अली रंगशालामा हुनेछ ।

यही समयमा इरान र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ को शीर्षस्थानमा रहेको इंग्ल्यान्ड वेल्सलाई पराजित गर्दै शीर्षस्थानमा रहेका नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ ।
यस समूहबाट सबै चारै टोलीको नकआउट चरण पुग्ने सम्भाावना छ । यद्यपि तुलनात्मक रुपमा इंग्ल्याण्ड र इरानको सम्भावना अलि बढी छ । इंग्ल्यान्डको ४, इरानको ३, अमेरिकाको २ र वेल्सको १ अंक छ ।
पहिलो खेलमा एसियाली राष्ट्र इरानमाथि ६–२ को फराकिलो जित निकालेको इंग्ल्यान्ड दोस्रो खेलमा भने अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको थियो । अमेरिकासँगको बराबरीको नतिजा बिर्सदै इंग्ल्यान्ड वेल्सविरुद्ध मैदान उत्रनेछ । इंग्ल्यान्डलाई वेल्सविरुद्ध बराबरीको नतिजा पनि पर्याप्त हुनेछ । वेल्सलाई पराजित गरेमा इंग्लयाण्ड समूह विजेता नै बन्नेछ ।
टोलीसँग जोर्डन पिकफर्ड, ह्यारी मगाएर, लुक शा, एरिक डाएर, जोन स्टोन्स, काइल वाल्कर, काइरान ट्रिपिएर, कनर कोडी, बेन ह्वाइट, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, जुड बेलिंघम, मेसन माउन्ट, कनर ग्यालाघर, डेक्लन राइस, जोर्डन हेन्डरसन, काल्भिन फिलिप्स, जेम्स म्याडिसन, फिल फोडेन, ज्याक ग्रिलिस, ह्यारी केन, बुकायो साका, रहिम स्टर्लिङ, क्यालम विल्सन र मार्कस रासफर्डको साथ रहेको छ ।
वेल्सका लागि भने इंग्ल्याण्डलाई हराउनुको विकल्प छैन र अर्को खेलको नतिजा पनि आफू अनुकल आउनुपर्नेछ । त्यसकारण इंग्ल्यान्ड समूह चरण पार गर्न इंग्ल्यान्डमाथि स्तब्धपूर्ण नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।
वेल्ससँग ड्यानी वार्ड, नेको विलियम्स, बेन डेभिस, बेन काबांगो, जो रोडोन, क्रिस मेफाम, इथान एम्पाडु, क्रिस गन्टर, कनर रोबर्ट्स, आरोन राम्जी, जो एलेन, ह्यारी विल्सन, जो मोरेल, डिलन लेभिट, रुबेन कोलविल, जोनी विलियम्स, म्याथ्यु स्मिथ, ग्यारेथ बेल, ड्यान जेम्स, किफ मूर, मार्क ह्यारिस र ब्रेनन जोन्सन रहेका छन् ।
यि दुई टोली हालसम्म १०३ पटक भिडेका छन् । जसमा इंग्ल्यान्डले ६८ खेल जितेको छ । २१ खेल बराबरीमा सकिदा १४ खेल वेल्सले जितेको छ ।
इंग्ल्यान्डले सन् १९८४ मा बृटिश होम च्याम्पियनसिपमा वेल्ससँग १–० ले पराजित भएयताको सबै ६ खेलमा शतप्रतिशत जित निकालेको छ । पछिल्लोपटक यि दुई टोलीले २०२० मा मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड ३–० ले विजयी भएको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]