default_image

3 years ago

November 29, 2022

तथ्यांकमा विश्वकप : गोल र पासमा स्पेनकै दबदबा

313 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको दोस्रो चरणको खेल समाप्त भएको छ । हालसम्म ८ समूहबाट तीन टोलीले अर्को चरणमा स्थान पक्का गर्दा दुई टोली मात्र प्रतियोगिताबाट बाहिरिएका छन् । २७ राष्ट्र अझैपनि नकआउट चरणको १३ स्थानका लागि प्रतिस्पर्धामा छन् ।

प्रतियोगितामा समूह चरणको दुवै खेलमा जित हासिल गर्ने तीन टोली मात्र छन् । फ्रान्स, ब्राजिल र पोर्चुगलले ६-६ अंक जोडेका छन् । कतार र क्यानडाले मात्र प्रतियोगितामा अंकको खाता खोलेका छैनन् । प्रतियोगितामा उरुग्वे, मेक्सिको र ट्युनिसियाले हालसम्म गोल गरेका छैनन् । तर तीनै टोलीले गोलरहित बराबरी खेल्दै १-१ अंक भने जोडेका छन् ।

दोस्रो चरणको समाप्तिसम्म कुल ३२ खेलमा ३० हजार ९ सय ९४ पासमा २६ हजार ४ सय १४ पास सफल भएका छन् । स्पेन एक्लैले २ खेलमा १ हजार ७ सय ८ पासमा १ हजार ५ सय ६८ पास पूरा गरेको छ । प्रतियोगितामा १ हजार १ सय ६० क्रस हुँदा दक्षिण कोरियाले २ खेलमा ६५ क्रस गरेको छ ।

यस्तै प्रतियोगिताको १६ खेलमा ८१ गोल सम्भव भएको छ । प्रति खेल २.५ औसत गोल निस्किएको छ । स्पेनले २ खेलमा सर्वाधिक ८ गोल गरेको छ । गोलका लागि प्रयास गर्नेमा भने फ्रान्सले ४३ पटक आक्रमण प्रयास गरेको छ । प्रतियोगितामा कुल ६ सय ७२ पटक पोस्टमा आक्रमण भएको छ ।

समूह चरणको दोस्रो खेल सकिँदा कुल ७ सय ७४ फल भएको छ । जापानले सर्वाधिक ४६ फल गरेको छ । पहेंलो कार्ड प्राप्त गर्नेमा भने साउदी अरेबिया अघि छ । कुल १ सय ११ मध्य साउदीले ८ पटक पहेंलो कार्ड पाएको छ । वेल्सका गोलरक्षक वायन हेनेसी एकमात्र रेड कार्ड खाने खेलाडी हुन् । अर्जेन्टिनाका खेलाडी १२ पटक अफसाइड रहँदा कुल संख्या १ सय १९ छ ।

हालसम्म ११ पेनाल्टी हुँदा पोर्चुगलले दुई पटक पाएको छ । पहिलो खेलमा क्रिस्टियानो रोनाल्डो र दोस्रोमा ब्रुनो फर्नान्डेसले गोल गरेका थिए । अर्जेन्टिनाले सर्वाधिक ४५ फ्रिकिक प्राप्त गर्दा कुल संख्या भने ८ सय ८१ छ । कुल ३ सय कर्नरमध्य डेनमार्कले सर्वाधिक १५ कर्नर पाएको छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.