default_image

3 years ago

November 29, 2022

इरानले अमेरिकासँग खेल्दै

252 views

0 Bookmark

एजेन्सी – एसियाली मुलुक कतारमा जारी फिफा विश्वकप २०२२ को समूह चरणको अन्तिम खेलमा इरान र अमेरिकाबीच खेल हुँदैछ ।

खेल राति १२ः४५ बजेपछि अल थुमामा रंगशालामा हुनेछ । यही समयमा इंग्ल्यान्ड र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा सबै चारै टोलीको नकआउट चरण पुग्ने सम्भाावना छ । तुलनात्मक रुपमा इंग्ल्याण्ड र इरानको सम्भावना बढी छ । इंग्ल्यान्डको ४, इरानको ३, अमेरिकाको २ र वेल्सको १ अंक छ ।

अमेरिकालाई पराजित गरे इरान नकआउट चरणमा पुग्नेछ । इंग्ल्याण्ड र वेल्सको खेल बराबरीमा सकिएमा इरानले अमेरिकासँग हार भोगेपनि नकआउट चरणमा पुग्नेछ ।

इरानसँग अलिरेजा बेइरानभाड, अमिर बदेदजादेह, होसेन होसेइनी र पायम निएजमान्ड, एहसान हाजासाफी, मोर्तेजा पाउरालिगान्जी, रामिन रेजाइन, मिलद मोहम्मदी, होसेन कानाजिजादेगन, शोजाई खालीजादेह, सादेघ मोहरामी, रोउजबेह चेस्मी, मजिद होसेनी, अबोलफजल जाली, भहिद अमिरी, अलिरेजा जाहानबाख्स, साइद एजातोलाही, मेहदी तोराबी, सामान घोडोस, अली घोलिजादेह, अहमद नोउरोलाही, हलि करिमी, करिम अन्सारीफार्द, सर्दार अजमौन र मेहदी तारेमी रहेका छन् ।

इरानको आक्रमण मेहदी तारेमीले  गरिरहेका छन् । तारेमीले यसपालीको च्याम्पियन्स लिगमा ५ गोल गरिसकेका छन् । पहिलो खेलमा इंग्ल्यान्डसँग ६–२ ले पराजित भएपनि दोस्रो खेलमा वेल्समाथि २–० को महत्वपूर्ण जित निकाल्दै जितको लयमा फर्किएको छ ।

अमेरिकाले भने नकआउट चरणमा पुग्न इरानलाई पराजित गर्नुपर्नेछ । हारमात्र होइन, बराबरीले पनि अमेरिकाको चुनौती समाप्त हुनेछ । अमेरिकाले वेल्ससँग १–१ को बराबरी तथा इंग्ल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो ।

अमेरिकाको स्थिति २०१० को विश्वकपमा जस्तै छ । समूह चरणबाटै बाहिरिने स्थितिमा रहँदा अल्जेरियालाई १–० ले हराएर अमेरिका नकआउट चरणमा पुगेको थियो । ल्यान्डन डोनाभनले खेलको इन्ज्युरी समयमा निर्णायक गोल गरेका थिए ।

अमेरिकासँग इथान होर्भाथ, सन जोन्सन, म्याट टर्नर, क्यामरन कार्टर भिकर्स, सर्जिनो डेस्ट, आरोन लङ, शक मुर, टिम रिम, एन्टोनी रबिन्सन, जो स्केली, डिआन्द्रे यडलिन, वाल्कर जिम्मरम्यान, ब्रेन्डन आरोनसन, कलिन अकोस्टा, टाइलर एडम्स, लुका डे ला टोरे, वेस्टन मकेनी, युनुस मुसा, क्रिस्टियन रोल्डान, जेसस फरेरा, जोर्डन मोरिस, क्रिस्टियन पुलिसिच, जिओ रेइना, जश सार्जेन्ट, टिम वेह र हाजी राइट रहेका छन् ।

यि दुई टोली हालसम्म दुईपटक प्रतिस्पर्धा गरेका छन् । सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा इरानले अमेरिकामाथि २–१ को जित निकालेको थियो । त्यसपछि सन् २००० मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । २२ वर्षपछि यि दुई टोली खेल्न लागेको हो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.