3 years ago
November 29, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ए को अन्तिम खेलमा नेदरल्यान्ड्सले कतारको सामना गर्दैछ । प्रशिक्षक लुइस भान गालले खेलका लागि सुरुवाती ११ घोषणा गरेका छन् ।

लगातार तेस्रो खेलमा डच टोलीका लागि मिडफिल्डमा फ्रेन्की डे जोङसँग नयाँ खेलाडी सुरुवात गर्ने भएका छन् । कतारविरुद्ध डे जोङसँग मार्टेन डे रुनले अवसर पाएका छन् । नम्बर १० को भूमिकामा डेभि क्लासेन देखिनेछन् । डिफेन्समा निकै बलियो मानिएको डच टोलीको मिडफिल्डमा भने कमजोर प्रदर्शन रहेको छ । विशेषगरी रक्षात्मक भूमिकामा टोलीले संघर्ष गर्दै आएको छ ।
यसअघि इक्वेडरविरुद्ध दोस्रो खेलमा प्रशिक्षक भान गालले टेउन कुपमेनर्सलाई मिडफिल्डमा डे जोङसँग खेलाएका थिए । उनको स्थानमा ७९ औं मिनेटमा डे रुन मैदान छिरेका थिए । आजको खेलमा उनले सुरुवात गर्दैछन् ।
त्यस्तै प्रतियोगिताको पहिलो खेलमा स्टिभन बर्घिअसले डे जोङसँग मिडफिल्ड सम्हाल्ने जिम्मेवारी पाएका थिए । ७९ औं मिनेटमा बर्घिअसको स्थानमा कुपमेनर्स मैदान छिरेका थिए । दोस्रो खेलमा कुपमेनर्सले सुरुवात गर्ने अवसर पाएका थिए ।
लगातार मिडफिल्डमा परिवर्तन गरेको नेदरल्यान्ड्सले आक्रमणमा भने कोडी गाक्पोसँग मेम्फिस डिपाएलाई उतारेको छ । डिपाए अघिल्लो खेलमा दोस्रो हाफमा मैदान छिरेका थिए । विंगब्याकमा डेली ब्लिन्ड र डेन्जल डम्फ्रिज नियमित रहँदा अघिल्लो खेलका जुरीएन टिम्बर, भर्जिल भान डाइक र नाथन आके सुरुवाती रोजाइमा छन् । गोलरक्षक एन्द्रिज नोपर्ट नै खेलेका छन् ।
नेदरल्यान्ड्स र इक्वेडर ४ अंकसहित अघि बढ्ने लक्ष्यमा छन् । सेनेगलको ३ अंक छ भने कतार विना अंक प्रतियोगिताबाट बाहिरिसकेको छ ।
सुरुवाती ११ :
नेदरल्यान्ड्स : एन्द्रिज नोपर्ट, डेली ब्लिन्ड, डेन्जल डम्फ्रिज, जुरीएन टिम्बर, भर्जिल भान डाइक, नाथन आके, फ्रेन्की डे जोङ, मार्टेन डे रुन, डेभि क्लासेन, कोडी गाक्पो, मेम्फिस डिपाए
कतार : मेशाल बार्स्हम, पेड्रो मिगुएल, अब्देलकरीम हासान, अब्दुलअजिज हातेम, हसान अलहेदोस, आक्रम अफिफ, होमाम अहमद, बौलेम खुखी, इस्माइल मोहमद, अल्मोएज अली, असिम मदिबो
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]