3 years ago
November 29, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ए को खेलमा नेदरल्यान्ड्स र सेनेगलले पहिलो हाफमा अग्रता लिएका छन् । दुवै टोलीले आ-आफ्नो खेलमा १-० को अग्रता लिएका हुन् ।

कोडी गाक्पोको गोलमा नेदरल्यान्ड्सले अग्रता लिएको हो । कतारले केहि अवसर बुनेपनि गोल फर्काउन सकेको छैन । नेदरल्यान्ड्स अपराजित रहँदै समूहविजेताको रुपमा अघि बढ्ने पथमा रहेको छ । प्रतियोगिताबाट बाहिरिसकेको आयोजक कतार भने सान्त्वना अंकको खोजीमा खेलिरहेको छ ।
तेस्रो मिनेटमा कतारका कप्तान हसान अलहेदोसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एन्द्रिज नोपर्टले सहजै बचाए । अर्कोतर्फ मेम्फिस डिपाएले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्डरको भिडबाट छिर्दै कर्नर भएको थियो ।
खेलको २६ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । मिडफिल्डबाट मेम्फिस डिपाएले सुरुवात गरेको आक्रमणलाई कोडी गाक्पोले फिनिस गरे । डिपाए, डेभि क्लासेन र गाक्पोले पास खेल्दै डिफेन्स चिरेपछि गोल सम्भव भएको थियो । गाक्पोले अन्तिम पासलाई पेनाल्टी क्षेत्रभित्र लग्दै वन भर्सेस वनमा सहज फिनिस गरे । विश्वकपमा उनको यो तेस्रो गोल हो ।
खेलमा पछि परेको अर्को मिनेटमै कतारका मोहमद इस्माइलको प्रहार नोपर्टले दोस्रो प्रयासमा बचाए । इन्ज्युरी समयमा डिपाएले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
समूहकै अर्को खेलमा सेनेगलले इक्वेडरविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । इस्माएला सारले खेलको ४४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका हुन् । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा सारले गोल गरेका थिए ।
हाफ टाइमको स्कोरअनुसार नेदरल्यान्ड्स समूह विजेता र सेनेगल उपविजेता बन्दै अघि बढ्ने समीकरण रहेको छ । इक्वेडर यस खेलमा बराबरी खेलेपनि नकआउट चरणमा प्रवेश गर्नेछ । तर सेनेगलले जित हासिल गरे इक्वेडरले कतारको जितको कामना गर्नुपर्नेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]