default_image

3 years ago

November 30, 2022

पुलिसिचको गोलमा अमेरिकालाई अग्रता

310 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – विंगर क्रिस्टियन पुलिसिचको गोलमा अमेरिकाले फिफा विश्वकप कतार २०२२ को समूह बी को अन्तिम खेलमा इरान विरुद्ध अग्रता लिएको छ ।

आठौं मिनेटमा अमेरिकी मिडफिल्डर युनुस मुसाहले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । दशौं मिनेटमा मुसाहकै पासमा क्रिस्टियन पुलिसिचको हेडर इरानी गोलरक्षक अलिरेजा वेरनवान्दको हातमा पुग्यो ।

२६ अ‍ौं मिनेटमा अमेरिकाका टिम वेहले अनमार्क रहेको अवस्थामा गरेको हेडर फितलो रह्यो । ३३ अ‍ौं मिनेटमा जश सार्जेन्टको पासमा वेहको शक्तिशाली प्रहार पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।

३९ अ‍ौं मिनेटमा अमेरिकाले सुन्दर टिम गोल गर्दै अग्रता बनायो । वेस्टन मक्केनीले पेनाल्टी क्षेत्रको दायाँ भागमा दिएको लामो पासलाई सर्जिनो डेस्टले हेडरमार्फत ६ यार्ड बक्सतर्फ पठाए । क्रिस्टियन पुलिसिचले पहिलो टचमा हावामा रहेको बललाई पोस्टको दिशा दिए । गोल गर्ने क्रममा इरानी डिफेन्डरसँग जुधेर भुइँमा लडेका उनी चोट बोकेपनि केहि मिनेटमै मैदानमा फर्किए ।

४५ अ‍ौं मिनेटमा जश सार्जेन्ट र‌ वेहले वन-टु पास खेल्दै सुन्दर अवसर सिर्जना गरेपनि वेहले अन्तिम पासमा डिफेन्डर पार गर्न सकेनन् ।

यस समूहको अर्को खेल इंग्ल्यान्ड र वेल्सबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ‌‌। अहिलेको अवस्थामा इंग्ल्यान्ड समूह विजेता र अमेरिका समूह उपविजेता बन्दै अघि जानेछन् ।

दुई खेलमा इंग्ल्यान्डको ४, इरानको ३, अमेरिकाको २ र वेल्सको १ अंक रहेको छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.