3 years ago
November 30, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी बाट इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार अहमद बिन अली रंगशालामा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्डले ३ खेलमा २ जित र १ बराबरीसँगै ७ अंक जोड्न सफल रह्यो ।
इंग्ल्यान्डका लागि वेल्सविरुद्ध मार्कस रासफर्डले २ र फिल फोडेनले १ गोेल गरे । दुवै खेलाडी यसै खेलमा सुरुवाती रोजाइमा अटाएका थिए । पहिलो हाफमा गोल निस्कन नसकेपनि इंग्ल्यान्डले दोस्रो हाफको सुरुवातमै दुई गोल गर्दै खेलमा पकड बनाएको थियो ।
खेलको ५० अौं मिनेटमा रासफर्डले फ्रिकिकमा सिधै गोल गरेका थिए । उनले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलरक्षक ड्यानी वार्डले बचाउन सकेनन् । अघिल्लो खेलमा पहिलो रोजाइका वायन हेनेसीले रातो कार्ड खाएपछि वार्डले खेल सुरुवात गरेका थिए ।

सुरुवाती अग्रता लिएको दुई मिनेटपछि नै इंग्ल्यान्डले दोस्रो गोल थप्यो । ह्यारी केनले दायाँ विंगबाट दिएको लो क्रसमा अनमार्क रहेका फिल फोडेनले फार पोस्टबाट गोल गर्दै स्कोर २-० बनाए ।
६८ अौं मिनेटमा राफर्डले व्यक्तिगत दोस्रो गोल गरे । काल्भिन फिलिप्सको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र लग्दै उनले गोल गरे । दुई डिफेन्डरको बीचबाट उनले गरेको प्रहार गोलरक्षक वार्डलाई लाग्दै गोल भएको थियो ।
समूहको अर्को खेलमा अमेरिकाले इरानलाई १-० ले हराउँदै नकआउट चरणमा प्रवेश गर्यो । अपराजित इंग्ल्यान्ड ३ खेलमा २ जित र १ बराबरीका साथ ७ अंक तथा अमेरिका ५ अंकसहित दोस्रो भएर नकआउट चरणमा पुगे । ३ अंक जोडेको इरान र १ अंक जोडेको वेल्स समूह चरणबाटै बाहिरिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]