3 years ago
November 30, 2022
कतार (हाम्रो खेलकुद)- फिफा विश्वकप कतार २०२२ अन्तर्गत नकआउट चरणमा दुई खेलको प्रतिद्वन्द्वी तय भएको छ ।

समूह ए र बी को खेल समाप्त भएसँगै नकआउट चरणको समीकरण पनि प्रष्ट बन्न थालेको हो । मंगलबार समूह ए मा नेदरल्यान्ड्स र सेनेगलले आ-आफ्नो खेलमा जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका थिए । त्यस्तै समूह बी बाट पनि इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा स्थान बनाउन सफल रहे ।
नेदरल्यान्ड्सले कतारलाई २-० ले हराउँदै समूह विजेता बन्यो । डच टोली ३ खेलमा ७ अंक जोड्दै अपराजित रह्यो । त्यस्तै सेनेगलले इक्वेडरमाथि २-१ को जित हासिल गर्दै उपविजेता बन्यो । सेनेगल ६ अंकका साथ अघि बढ्दा इक्वेडर ४ अंक जोड्दै तेस्रो र कतार विना अंक पुछारमा रह्यो ।
समूह बी मा इंग्ल्यान्ड ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । अन्तिम खेलमा इंग्ल्यान्डले वेल्सलाई ३-० ले हरायो । अमेरिका इरानलाई हराउँदै अपराजित रहेरै नकआउट चरणमा पुग्यो । ३ खेलमा अमेरिकाले ५ अंक जोड्दा इरान ३ अंक र वेल्स १ अंकमा सिमित रहे ।
अब अन्तिम १६ चरणमा नेदरल्यान्ड्सले अमेरिकाको सामना गर्नेछ । त्यस्तै इंग्ल्यान्डले क्वाटरफाइनल पुग्न सेनेगललाई हराउनु पर्नेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]