default_image

3 years ago

November 30, 2022

अष्ट्रेलिया र डेनमार्क खेल्दै

460 views

0 Bookmark

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज बुधबार समूह ‘सी’ र समूह ‘डी’ का अन्तिम राउन्डको खेलमा प्रतिस्पर्धा हुँदैछ ।

बुधबार समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ ।

अष्ट्रेलिया र डेनमार्कबीचको खेल अल जानौव रंगशालामा हुनेछ । यस खेलमा विजयी हुने टोली प्रि–क्वाटर फाइनलमा पुग्नेछ । यो समूहबाट अष्ट्रेलियालाई नकआउट चरणमा प्रवेश गर्न बराबरीको नतिजा पर्याप्त रहँदा डेनमार्कलाई जित बाहेक विकल्प छैन । बराबरी या हारले बाहिरिने सम्भावना रहँदा दुवै टोली स्पष्ट जितको लक्ष्यमा मैदान उत्रनेछ ।

अर्काे खेलमा ट्युनिसियाले फ्रान्सलाई हराएको अवस्थामा अष्ट्रेलिया र ट्युनिसियाबीच गोलअन्तरसँग हेड टु हेडको नतिजा हेरिनेछ । डेनमार्क र ट्युनिसियाले जितेको अवस्थामा यि दुई टोलीबीच नै गोल अन्तर र हेड टु हेडको नतिजामा अघिल्लो चरण पुग्ने टोलीको टुंगो लगाउनेछ ।

अष्ट्रेलियाले पहिलो खेलमा फ्रान्ससँग ४–१ ले पराजित हुँदा ट्युनिसियालाई १–० ले हराएको थियो । अष्ट्रेलियासँग म्याट रायन, अजिज बेहिच, नथानिएल एट्किन्सन, फ्रान कराचिच, काए रोवल्स, ह्यारी सटर, बेली राइट, मिलोस डेगेनेक, थोमस डेङ्ग, जोएल किंग, आरोन मोय, ज्याकसन अर्भाइन, एजडिन हर्स्तिच, राइली मक्ग्री, किनु बाकस, क्यामरन डेभ्लिन, म्याथ्यु लेकी, अवेर माविल, जेमी मक्लारेन, मिचेल ड्युक, मार्टिन बोयल, क्रेग गुडविन, जेसन कमिंगग्स र गारांग कोल रहेका छन् ।

यता, डेनमार्क ट्युनिसयासँग गोलरहित बराबरीमा रोकिदा फ्रान्ससँग २–१ ले पराजित भएको थियो । समूहमा डेनमार्क पहिलो जित निकाल्दै समूह चरण पार गर्ने योजनामा मैदान उत्रनेछ । । सन् २०२१ मा भएको युरो २०२० मा डेनमार्कले सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । अन्डर डग टोलीको रुपमा हेरिएको डेनमार्कले यस विश्वकपमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन ।

डेनमार्कसँग कास्पर स्माइकल, सिमोन केयर, जोचिम एन्डरसन, जोआकिम माहल, आन्द्रेस क्रिस्टेन्सन, ड्यानीएल वास, एलेक्जेन्डर बाह, थोमस डिलेनी, माथिअस जेन्सन, क्रिस्टियन एरिक्सन, क्रिस्टियन नोर्गार्ड, रोबर्ट स्कोभ, पिएर एमिल होएबिएर, आन्द्रेस स्कोभ ओल्सन, जेस्पर लिन्डस्टम, आन्द्रिएस कोर्नेलिएस, मार्टिन ब्रेथवेट, कास्पर डोलबर्ग, मिकेल डाम्सगार्ड, जोनास विन्ड र युसुफ पल्सेन रहेका छन् ।

यि दुई टोली हालसम्म चारपटक खेलेका छन् । डेनमार्क दुई खेलमा विजयी हुँदा अष्ट्रेलियाले एक खेल जितेको छ । एक खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यि दुई टोलीले सन् २०१८ को विश्वकपमा समूह चरणमै प्रतिस्पर्धा गर्दा खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.