3 years ago
November 30, 2022
एजेन्सी – अर्जेन्टिनालाई हरेक विश्वकपमा स्वभाविक दावेदार टोलीको रुपमा हेरिन्छ । तर, त्यही टोलीको प्रदर्शन यसपाली फरक रह्याे । पहिलाे खेल गुमाएकाे अर्जेन्टिनाले दाेस्राे खेलमा जित निकाल्दै सम्भावना जीवित राख्याे । सुरक्षित छैन ।

उपाधि दावेदार टोली पहिलो खेलमै एसियाली प्रतिद्धन्द्धी साउदी अरेबियासँग २–१ को अप्रत्यासित हार बेहोर्यो । दोस्रो खेलमा मेक्सिकोलाई २–० ले पराजित गरेपछि टोलीको केही आशा पलाएको छ । टोलीले समूह चरणको अन्तिम खेलमा आज बुधबार शीर्षस्थानमा रहेको पोल्यान्डसँग खेल्दा समूह चरण पार गर्नको लागि ‘गर या मर’ को अवस्थामा छ ।
अर्जेन्टिना र पोल्यान्डबीचको खेल राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा साउदी अरेबिया र मेक्सिकोबीच प्रतिस्पर्धा हुँदैछ । २ खेलबाट ३ अंक जोडेको अर्जेन्टिनालाई नकआउट चरणमा पुग्न जित्नैपर्ने दवाव छ । अर्जेन्टिना र पोल्याण्डबीचको खेललाई दुई भेट्रान फरवार्ड मेसी भर्सेस रोवर्ट लेवान्डोस्कीको रुपमा समेत हेरिएको छ । तर अर्जेन्टिनालाई बराबरीमा रोके पनि पोल्याण्ड नकआउट चरणमा पुग्ने छ । पोल्यान्ड अर्जेन्टिनालाई रोक्दै अघिल्लो चरणमा पुग्ने दाउँमा हुनेछ ।
वोजसिएच स्जेस्नी, जान बेड्नारेक, कामिल जिल्क, रोबर्ट गुम्नी, अर्थर जेड्रजेजिक, जाकुब किविओर, माटेअस विटेस्का, बार्टोज बेरेस्जिन्स्की, म्याटी क्यास, निकोला जालेव्स्की, क्रिस्टियन बिलिक, प्रजेमिस्लाव फ्रान्कोव्स्की, कामिल ग्रोसिकी, जेगोर्ज क्राइचोविक, जाकुब कामिन्स्की, माइकल स्कोरास, डामिएन सिमान्स्की, सेबास्टियन सिमान्स्की, पिओटर जिलेन्स्की, सिमोन जुर्कोस्की, रोबर्ट लेवान्डोस्की, एर्काडिअस मिलिक, क्रिजस्तोफ पियाटिक र कारोल स्विडर्सकी रहेका छन् ।
अब अर्जेन्टिनाले अन्तिम खेलमा जित हासिल गरे समूहबाट नकआउट चरण प्रवेश गर्नेछ । समूह विजेता वा उपविजेता बन्ने समूहको अर्को खेलको नतिजाले टुंगो लाग्नेछ । यदि अर्जेन्टिना जितेर साउदी बराबरी वा हार बेहोरे अर्जेन्टिना समूह विजेता बन्नेछ । अर्जेन्टिना र साउदी दुवैले जित हासिल गरे गोल अन्तरले समूह विजेता र उपविजेता निर्णय हुनेछ ।
अर्जेन्टिना र पोल्यान्डको खेल बराबरीमा सकिएको अवस्थामा भने अर्जेन्टिना अघि बढ्न मेक्सिकोले जित वा बराबरी नतिजा निकाल्नुपर्नेछ । अर्जेन्टिना र पोल्यान्ड बराबरीमा रोकिएर साउदी र मेक्सिको पनि बराबरी भए अर्जेन्टिना गोल अन्तरमा अघि बढ्नेछ । त्यस्तै अर्जेन्टिना बराबरी खेलेर साउदी जितेको अवस्थामा अर्जेन्टिनाको विश्वकप यात्रा समाप्त हुनेछ ।
अर्जेन्टिनासँग एमिलियानो मार्टिनेज, नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लीयाफिको, जान फोयथ, रोड्रिगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रिग्वेज, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज, एजेक्वेल पालासिओस, थियागो अल्माडा लिओनेल मेस्सी, एन्जल डि मारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, एन्जल कोरेआ र पाउलो डिबाला रहेका छन् ।
यि दुई टोली हालसम्म ११ पटक खेलेका छन् । अर्जेन्टिनाले ६ खेल जित्दा पोल्यान्डले ३ खेल आफ्नो पक्षमा पारेको छ । २ खेल बराबरीा सकिएको छ । पछिल्लोपटक यि दुई टोलीले सन् २०११ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दा पोल्यान्ड २–१ ले विजयी भएको थियो । पोल्यान्डको अहिलेको टोलीमा त्यस बेला खेलका गोलरक्षक वोजसिएच स्जेस्नीसँगै रोबर्ट लेवान्डोस्की रहेका छन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]