3 years ago
November 30, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज बुधबार राति समूह ‘सी’ को तेस्रो राउन्डको खेलमा मेक्सिको र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा यही समूहको अर्काे खेलमा पोल्यान्ड र अर्जेन्टिनाबीच खेल हुँदैछ ।
यो समूहमा चारै टोलीको नकआउट चरण पुग्ने सम्भावना रहँदा जित हात पार्ने टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । पराजित हुने टोली बाहिरिनेछ ।
पहिलो खेलमा अर्जेन्टिनालाई स्तब्ध पारेको साउदी दोस्रो खेलमा पोल्यान्डसँग हार्न पुगेपछि यो समूहमा सबै टोलीको अघिल्लो चरण खुल्ला भएको हो ।
मेक्सिकोलाई हराएर साउदी दोस्रोपटक अर्थात २८ वर्षपछि नकआउट चरणमा पुग्न चहान्छ । तर यसका लागि अर्जेन्टिनाले पनि पाेल्यान्डसँग अंक गुमाउनु पर्नेछ । यसअघि साउदी सन् १९९४ को विश्वमा प्रि–क्वाटरफाइनलमा पुगेको थियो । त्यसपछि चार विश्वकप (१९९८, २००२, २००६ र २०१८) खेलेको साउदीले समूह चरण पार गर्न सकेको छैन ।
मेक्सिकोविरुद्ध साउदी अरेबियालाई दुई महत्वपूर्ण खेलाडीको अभाव हुन सक्नेछ । कप्तान तथा मिडफिल्डर सलमान अल फराज र डिफेन्डर यासेर अल शहरानी चोटका कारण टोलीसँग हुनेछैनन् । यि दुई खेलाडीले पोल्यान्डसँडल २–० को हारको खेल पनि गुमाएको थियो । प्रतिबन्धका कारण मिडफिल्डर अब्दुलाह अल मल्की पनि मेक्सिकोविरु४ टोलीसँग हुनेछैनन् ।
यसबाहेक टोलीसँग
साउदीसँग मोहम्मद अल ओवेस, अली अल बुलैही, अब्दुल्लाह अल एम्री, अब्दुल्लाह मादु, हसन तामबक्ति, सुल्तान अल घनाम, मोहम्मद अल ब्रेक, साउद अब्दुलहमिद रियाद शाराहिली, अली अल हसन, मोहम्मद कन्नो, सामी अल नाजेई, अब्दुल्लाह ओताएफ, नासेर अल दसारी, अब्दुलरहमान अल एबौद, सलेम अल दसारी, हत्तन बाहेब्रि, फहाद अल मुवाल्लाद, हैथम एसिरी, साले अल शेरी र फिरास अलबुराइकन छन् ।
तुलनात्मक रुपमा मेक्सिकोको नकआउट चरण पुग्ने सम्भावना कम छ । तर, आँफुले साउदी अरेबियालाई हराएर पोल्यान्डले पनि अर्जेन्टिनालाई पराजित गर्दा मेक्सिको अन्तिम १६ मा पुग्नेछ ।
यो अवस्थामा अर्जेन्टिना र साउदी अरेबिया बाहिरिनेछ । दुवै खेल बराबरीमा सकिए यो समूहबाट पोल्यान्ड र अर्जेन्टिना नकआउट चरणमा पुग्नेछन् । समूह चार पार गर्ने सम्भावना जीवितै राख्न पनि मेक्सिको जितको लक्ष्य लिएर मैदान उत्रनेछ ।
मेक्सिको सन् १९९४ यता लगातार सातौपटक नकआउट चरणमा पुगेको छ । टोली लगातार आठौंपटक नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ ।
टोलीसँग गिलेर्मे ओचोआ, नेस्ट्रो अराउजो, जेसस गालार्डो, जेरार्डो अर्टेगा, हेक्टर मोरेनो, जोर्गे सान्चेज, जोहान भाज्केज, सेजार मोन्टेस, केभिन अल्भारेज, एरिक गुटिएरेज, ओर्बेलिन पेनेडा, हेक्टर हरेरा, कार्लोस रोड्रीग्वेज, आन्द्रेस ग्वाड्राडो, रोबर्टो अल्भाराडो, एड्सन अल्भारेज, लुइस चाभेज, उरीएल अन्तुना, लुइस रोमो, हर्भिङ लोजानो, रोजेलिओ फुनेस मोरी, हेनरी मार्टिन, राउल जिमिनेज र एलेसिस भेगा रहेका छन् ।
यि दुई टोली हालसम्म पाँच पटक भिडेका छन् । चार खेल मेक्सिकोले जित्दा एक खेल बराबरीमा सकिएको छ । मेक्सिको यही अपराजित यात्रालाई निरन्तरता दिदै जितको लक्ष्यमा रहँदा साउदी पहिलोपटक मेक्सिकोलाई हराउने योजनमा छ ।
यि दुई टोली पछिल्लोपटक सन् १९९९ को फिफा कन्फेडेरेसन कपमा खेलेको थियो । जसमा मेक्सिको ५–१ ले विजयी भएको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]