3 years ago
November 30, 2022
एजेन्सी – दाया खुट्टामा बोकेको चोटका कारण साउदी अरेबियाका कप्तान तथा मिडफिल्डर सलमान अल फराजले फिफा विश्वकप कतार २०२२ का बाँकी खेल गुमाउने भएका छन् ।

समूह ‘सी’ मा रहेको साउदी अरेबियाले पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेपनि दोस्रो खेलमा पोल्यान्डलाई २–० ले नतिजा सुम्पिएको थियो ।
अर्जेन्टिनाविरुद्धको त्यही पहिलो र ऐतिहासिक जित निकालेको खेलमा कप्तान फराजले चोट बोकेका थिए । चोटकै कारण फराजले पोल्यान्डविरुद्धको खेल समेत गुमाएका थिए ।
साउदीका प्रशिक्षक हर्भ रेनार्डले टोलीका कप्तान तथा मिडफिल्डर सलमानलाई उपचारका लागि टोली छाड्न अनुमति दिइसकेका छन् । प्रारम्भिक स्वास्थ्य परिक्षणमा दायाँ खुट्टाको हड्डीमा चोट लागेको देखिएको छ । सन् २०१२ देखि साउदीको टोलीमा रहेका ३३ वर्षीय फराजले ७१ क्याप जित्दा ८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
यस्तै साउदीका डिफेन्डर यासेर अल शहरानी पनि चोटकै कारण बाहिरिएका छन् । अर्जेन्टिनाविरुद्धको खेलको अन्तिम मिनेटमा उनले गम्भीर चोट बोकेका थिए । उनलाई बुधबारै आकस्मिक शल्यक्रियाका लागि लगिसकेको छ । आफ्नै गोलरक्षक मोहम्मद अल ओवेससँग ठोक्किन पुग्दा उनले गम्भीर चोट बोकेका थिए । उनको बंगरा र अनुहारको हड्डी भाँचिएको र दाँतमा चोटसँगै रक्तश्राव भएको बताइएको छ ।

दुई खेलबाट ३ अंक जोडेको साउदी अरेबियाको समूह चरण पार गर्ने सम्भावना जीवितै छ । साउदीले आज बुधबार समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग खेल्दैछ । यस खेलमा जित निकाल्न सके र अर्काे खेलमा अर्जेन्टिनाले हार बेहोरे साउदी नकआउट चरणमा पुग्नेछ ।
तर, यि खेलमा कप्तान फराजसँगै डिफेन्डर यासेर अल शहरानी हुने छैनन् । यि दुई खेलाडीको अभाव टोलीलाई खड्कनेछ । शीर्ष स्थानको पोल्यान्डको ४ तथा दोस्रो स्थानको अर्जेन्टिनाको ३ अंक छ । मेक्सिकोको १ अंक छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]