3 years ago
November 30, 2022
कतार (हाम्रो खेलकुद) – अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले दक्षिण अमेरिकी टोली ब्राजिल फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेकोमा खुसी व्यक्त गरेका छन् ।

पोल्यान्डविरुद्ध समूह चरणको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै स्कालोनीले ब्राजिलबारे आफ्नो अभिव्यक्ति दिएका हुन् । ‘ब्राजिलको लागि म खुसी छु । म दक्षिण अमेरिकी फुटबलको समर्थक हुँ । यदि अर्जेन्टिना भएन भने म दक्षिण अमेरिकी टोलीले विश्वकप जितेको हेर्न चाहन्छु,’ उनले भने, ‘ब्राजिलमा मेरा साथी छन् । उनीहरुले लगातार दुई खेल जितेका छन् र म बधाई दिन चाहन्छु ।’
पोल्यान्डविरुद्ध टोलीमा खेलाडी परिवर्तन हुन सक्ने भएपनि सुरुवातमा रणनीति भने परिवर्तन नहुने स्कालोनीले बताए । ‘मेक्सिकोविरुद्ध खेलमा हामीले ५ डिफेन्डरका साथ खेल अन्त्य गरेका थियौं । बुधबार खेलमा हामी पुरानो रणनीति अनुसार नै सुरु गर्नेछौं । त्यसपछि भने खेलको अवस्था अनुसार परिवर्तन हुनेछ,’ स्कालोनीले बताए ।
‘पोल्यान्डमा बलिया र अग्ला कदका खेलाडी मात्र छैनन्, उनीहरु प्राविधिक रुपमा खेल्ने र तीव्र छन् । उनीहरुलाई आफ्नो रणनीतिमा खेल्न राम्रोसँग आउँछ । विपक्षी अनुसार खेल परिवर्तन गर्न सक्छन् ।’

स्कालोनीले पछिल्लो दुवै खेलमा बेन्चबाट मैदान प्रवेश गर्दै राम्रो प्रदर्शन गरेका मिडफिल्डर एन्जो फर्नान्डेजले पनि खेल्न सक्ने बताए । ‘अन्य खेलाडी जस्तै एन्जोले पनि खेल्ने सम्भावना छ । दुवै खेलमा उनले बेन्चबाट आएर राम्रो खेलेका छन् । उनी विकल्प हुन् तर खेलाडीले सबै अवस्थामा तयार हुनुपर्छ,’ उनले टुंग्याए ।
समूह चरणको अन्तिम खेलमा पोल्यान्डविरुद्ध जित हासिल गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्न चाहन्छ । आजको खेल बराबरी भएपनि अघि बढ्ने सम्भावना रहेको अर्जेन्टिना हारले भने बाहिरिनेछ । अर्को खेलमा आज नै मेक्सिको र साउदी अरेबिया खेल्नेछन् । दुवै खेल मध्यरात १२:४५ बजे हुनेछ ।
समूहको अंक तालिकामा पोल्यान्डको ४ अंक छ । अर्जेन्टिना र साउदी अरेबियाको ३-३ तथा मेक्सिको १ अंकमा छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]