3 years ago
November 30, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी मा अन्तिम खेल बाँकी रहँदा सबै चार टोलीको नकआउट चरण पुग्ने सम्भावना छ ।

आज हुने अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्ड तथा मेक्सिकोले साउदी अरेबियाको सामना गर्दैछ । हालसम्म समूहमा पोल्यान्ड ४ अंक जोड्दै शीर्षस्थानमा छ । अर्जेन्टिना र साउदी अरेबियाको ३-३ अंक हुँदा मेक्सिकोले १ अंक जोडेको छ ।
पहिलो चरणको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २-१ ले पराजित भएको थियो । त्यस्तै पोल्यान्ड र मेक्सिको गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले हराउँदा साउदी अरेबिया पोल्यान्डसँग २-० ले नै पराजित भएको थियो ।
अर्जेन्टिनालाई के चाहिन्छ ?
अर्जेन्टिनालाई नकआउट चरणमा स्थान पक्का गर्न पोल्यान्डविरुद्ध जित पर्याप्त हुनेछ । अर्जेन्टिनाले आफ्नो खेल जितेर साउदी अरेबियाले जित्न नसके टोली समूह विजेताको रुपमा अघि बढ्नेछ । यदि साउदी र अर्जेन्टिना दुवैले जितेको अवस्थामा समूह विजेताको छिनोफानो गोलअन्तरले हुनेछ । गोलअन्तर समान भए गोल गरेको संख्याले शीर्षस्थान निर्धारण हुनेछ । त्यो पनि बराबरी हुँदा हेड टु हेडमा साउदी शीर्षस्थानमा रहनेछ ।

खेल बराबरीमा सकिएको अवस्थामा भने अर्जेन्टिनाको भविष्य अर्को खेलको नतिजामा भर पर्नेछ । अर्जेन्टिना बराबरी खेलेर साउदी र मेक्सिको बराबरी भए मात्र टोली अघि बढ्नेछ । तर अर्जेन्टिना बराबरी खेलेर साउदी जितेको अवस्थामा भने अर्जेन्टिना बाहिरिनेछ । अर्जेन्टिना बराबरीमा रोकिएर मेक्सिकोले जित हासिल गरे समूहको स्थान गोलअन्तरले निर्धारण हुनेछ । यस्तो अवस्थामा मेक्सिकोले ४ गोलको अन्तरले जिते अर्जेन्टिना बाहिर जानेछ ।
अर्जेन्टिना हारेको अवस्थामा भने प्रतियोगिताबाट बाहिरिनेछ ।
पोल्यान्डलाई के चाहिन्छ ?
पोल्यान्डले बराबरी गरेमात्र पनि नकआउट चरणमा पुग्नेछ । समूहको शीर्षस्थान पक्का गर्न भने पोल्यान्डले जित हासिल गर्नुपर्नेछ । बराबरीले पनि समूह विजेता बन्न सक्छ तर त्यसका लागि अर्को खेलको नतिजाले असर गर्छ ।
पोल्यान्ड हारका बाबजुद पनि अघि बढ्न सक्छ । यसका लागि मेक्सिकोले जित हासिल गरेर गोलको अन्तर कम हुनुपर्नेछ ।

साउदीलाई के चाहिन्छ ?
नकआउट चरणमा स्थान पक्का गर्न टोलीलाई जित आवश्यक छ । समूहको अर्को खेलको नतिजाले समूह विजेता बन्ने सम्भावना पनि छ । साउदी बराबरीमा रोकिएको अवस्थामा भने अर्जेन्टिना पराजित भएमात्र टोलीले समूह चरण पार गर्नेछ । दुवै खेल बराबर वा साउदीले हार बेहोरे प्रतियोगिताबाट बाहिरिनेछ ।
मेक्सिकोलाई के चाहिन्छ ?
मेक्सिकोले प्रतियोगितको नकआउट चरणमा स्थान पक्का गर्न कम्तिमा ४ गोल अन्तरको जित आवश्यक छ । तर मेक्सिको र पोल्यान्डले जित हासिल गरे कम अन्तरको जितले पनि टोली अघि बढ्नेछ । बराबरी वा हारले भने मेक्सिको बाहिरिनेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]