default_image

3 years ago

November 30, 2022

‘बेल्जियम टोलीमा समस्या छैन’

249 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत बेल्जियमले समूह चरणको दोस्रो खेलमा मोरक्कोसँग हार बेहोर्यो । खेलपछि ड्रेसिङ रुममा खेलाडीबीच विवाद भएको भन्दै सामाजिक संजाल भर चर्चा भयो । तर बेल्जियमका खेलाडी र प्रशिक्षकले यसलाई अस्वीकार गरेका छन् ।

बेल्जियमले पहिलो खेलमा क्यानडामाथि १-० को जित हासिल गरेको थियो । जित हात पारेपनि बेल्जियमको प्रदर्शन सोचेअनुरुप हुन सकेन । दोस्रो खेलमा मोरक्कोले २-० ले हराएपछि टोलीको मैदानभित्रको समस्या थप उदांगो भयो । तर सामाजिक संजालमा भने मैदानभित्र भन्दापनि मैदानबाहिरको विषयलाई लिएर चर्चा भयो ।

बेल्जियमका सिनियर खेलाडीबीच ड्रेसिङ रुममा विवाद भएको चर्चा सामाजिक संजालमा थियो । त्यसो त पहिलो खेलपछि मिडफिल्डर केभिन डे ब्रुएनले बेल्जियमको टोली बुढो भएको बताउँदै विश्वकप उपाधिको सम्भावना नरहेको बताएका थिए । दोस्रो खेलमा हार बेहोरेपछि डिफेन्डर जान भर्टोन्घनले आक्रमणका खेलाडी बुढो भएकाले गोल गर्न नसकेको भन्दै अभिव्यक्ति दिए । यसकारण पनि बेल्जियमको खेलाडीबीच टकराव रहेको आँकलन रहेको थियो ।

गत संस्करण तेस्रो स्थान हासिल गरेको बेल्जियमले विहीबार क्रोएसियाविरुद्ध जित हासिल गर्न नसके समूह चरणबाट बाहिरिने छ । डिफेन्डर टिमोथी कास्टाग्नेका अनुसार टोलीमा कुनै विवाद नभएको तर आफ्नो धारणा सबैले व्यक्त गरेको बताए ।

‘सुरुवाती दुई खेल हामीले सोचेजस्तो हुन सकेको छैन । हामीले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न सकेनौं । तर हामी संकटमा परेका छैनौं,’ उनले भने, ‘हामीले खेलपछि आ-आफ्नो धारणा राखेका हौं । समस्या केहि पनि छैन । टोली कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।’

यता प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि दबाबका कारण खेल्न नसकेको बताए । ‘हामीले खेलको मजा लिन सकेका छैनौं । जिम्मेवारी धेरै भएको अनुभव भयो,’ उनले भने, ‘खेलाडीलाई हारिन्छ कि भन्ने डर भयो । हामी हार्छौं भन्ने सोच नै हुनु भएन । भोलीलाई कुनै शंका छैन । हामी बराबरी गरेपनि बाहिरिनेछौं ।’

उनले सामाजिक संजालमा आएजस्तो हल्ला केहि नभएको पनि बताए । ‘हामीलाई त्यस्तो केहि भएजस्तो लाग्दैन । नकारात्मक खबर पाएपछि चर्चा बढी हुन्छ । तर त्यस्तो केहि छैन,’ उनले थपे ।

क्रोएसिया र बेल्जियमबीच समूह एफको खेलमा भोली प्रतिस्पर्धा हुँदैछ । बेल्जियमको ३ अंक छ भने क्रोएसियाको ४ अंक छ । यस समूहको अर्को खेलमा ४ अंक जोडेको मोरक्को र अंकविहिन रहँदै बाहिरिसकेको क्यानडा भिड्नेछन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.