3 years ago
November 30, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सको कप्तानी राफाएल भारानले सम्हाल्ने भएका छन् । ट्युनिसियाविरुद्ध नियमित कप्तान ह्युगो लोरिसलाई विश्राम दिएपछि भारानले कप्तानी गर्ने भएका हुन् ।

फ्रान्सले आज अधिकांश दोस्रो रोजाइका खेलाडी उतारेको छ । गोलरक्षक लोरिसको स्थानमा स्टिभ मान्डान्डाले पहिलो रोजाइमा खेल्दैछन् । भारानले टोलीको कप्तानी गर्नेछन् । यसअघि सन् २०१८ को समूह चरणको अन्तिम खेलमा पनि भारानले डेनमार्कविरुद्ध टोलीको कप्तानी गरेका थिए । उक्त खेल १-१ को बराबरीमा सकिएको थियो ।
चोटका कारण सुरुवाती खेल विश्राम गरेका उनले दोस्रो खेल सुरुवात गरेका थिए । म्यानचेस्टर युनाइटेडबाट खेल्दा उनी घाइते हुन पुगेका थिए । डिफेन्समा भारानसँगै एक्सेल डिसासी, इब्राहिमा कोनाटे र युसुफ फोफाना खेल्दैछन् । लेफ्ट ब्याक लुकास हर्नान्डेज पहिलो खेलमा घाइते भएपछि उनका भाइ थिओ हर्नान्डेजले उक्त पोजिसनमा खेल्दै आएका थिए । आज थिओले पनि विश्राम पाउँदा फोफाना लेफ्ट ब्याक पोजिसनमा खेल्दैछन् ।
मिडफिल्डमा ओरेलिएन चुआमेनीले निरन्तरता पाएका छन् । उनलाई माटियो गुएन्डोजी, एडुआर्डो कामाभिन्गा र जोर्डन भेरेटुले साथ दिनेछन् । आक्रमणमा किंग्सले कोमान र रान्डल कोलो मुआनी खेल्नेछन् । पछिल्लो दुई खेलमा तीन गोल गरेका फरवार्ड किलीयन एमबाप्पे यस खेलका लागि बेन्चमा रहेका छन् । एन्टोइन ग्रिजमन र ओलिभिएर जिरुडले पनि विश्राम पाएका छन् ।
सुरुवाती ११ :
फ्रान्स : स्टिभ मान्डान्डा, राफाएल भारान, एक्सेल डिसासी, इब्राहिमा कोनाटे, एडुआर्डो कामाभिन्गा, ओरेलिएन चुआमेनीले, माटियो गुएन्डोजी, युसुफ फोफाना, जोर्डन भेरेटुले, किंग्सले कोमान, रान्डल कोलो मुआनी
ट्युनिसिया : एमेन दामेन, मोन्टासार ताल्बिम, यासिन मेरिअ, वाज्दी केच्रिदा, अलि मालुल, नाद्रे घान्द्रीएस लाओदुनी, मोहमद अलि बेन रोम्धन, एलेस स्खिरी, अनिस स्लिमाने, वाह्बी खाज्री
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]